Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

राष्ट्रिय गौरवका आयोजनाहरु हचुवाको भरमा छनोट भए: मन्त्री ज्वाला


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरु हचुवाको भरमा छनोट भएको टिप्पणी गरेका छन् ।

बिहीबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तरर्गको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्री ज्वालाले मन्त्रालयसँग सम्बन्धित २४ वटा राष्ट्रिय गौरबको आयोजनाहरु धेरैजसो हचुवाको भरमा छनोट भएको भन्दै पुर्नविचार हुने बताएका छन् ।

उक्त छलफल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको हालसम्मको प्रगति, समस्या, चुनौति र भावी कार्ययोजनाबारे केन्द्रित थियो । ‘हाम्रो मन्त्रालयसँग सम्बन्धित २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा मैले यो ठाउँमा बसेर भन्न मिल्छ कि मिल्दैन थाहा छैन्, तर योजनाहरु हचुवाको भरमा छनोट भएका छन् ।

आयोजनाहरु साँच्चिकै राष्ट्रिय गौरवको हैसियतमा राख्ने आयोजना हुनुपर्‍यो नि,’उनले भने,‘ कतिपय कोषहरु पनि राष्ट्रिय गौरवका आयोजनाहरु छन् । हामीले आयोजनाको पुनःमूल्याङकन गरेका छौँ । आयोजनाहरु थप्नुपनि पर्छ । तर धेरै जस्तो घटाउनुपर्ने छन् । यसमा पुनः विचार हुन्छ ।’

उनले वहुबर्षीय आयोजनहरुको निम्ती अलग ऐन नहुँदा कानुनी रुपमा अल्झेको गुनासो गरे । ठेक्का पक्रियामा ऐनकै कारण झमेला भएको भन्दै विकाससँग जोडिएका ऐन कानुनहरुलाई सहज, सरल र समयसापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाई रहेको छ । उनले भने,‘बहु वर्षीय आयोजनाहरुको निम्ती अलग ऐन बनाएर जान सकियो भने राम्रो हुन्छ ।

यसका लागि एउटा छाता ऐन बनाएर त्यस अन्तर्गत बहुवर्षिय ठेक्का सम्बन्धी काम गर्न सकिन्छ । हामी कानुनी रुपमा धेरै नै अल्झिएका छौँ । विकास निर्माणसँग जोडिएका कानुनहरु सार्वजनिक खरिद ऐनमा सम्पूर्ण विषय थोपारिएको छ । त्यसैले बिकाससँग जोडिएका ऐन कानुनहरुलाई सहज, सरल र समय सापेक्ष बनाउनुपर्ने आवश्यकता छ ।’


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?