Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

कतार एफसी कपको राउन्ड अफ १६ मा


काठमाडौं। एएफसी एसियन कप फुटबलको डिफेन्डिङ च्याम्पियन कतारले राउन्ड अफ (सिक्सटीन) १६ मा स्थान पक्का गरेको छ । घरेलु टोली कतारले लगातार दोस्रो जित निकाल्दै समूह ए बाट अन्तिम १६ मा एक खेल अगावै स्थान बनाउन सफल भएको हो ।

बुधबार राति कतारले ताजकिस्तानमाथि १-० गोल अन्तरको जित निकालेको हो । कतारले पहिलो हाफको १७औं मिनेटमा अल्मोएज अलीको पासमा अकरम अफिफले गोल गरेपछि अग्रता लिएको थियो । उक्त अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अंकका साथ अन्तिम १६ मा स्थान पक्का गर्ने पहिलो टिम पनि कतार बनेको छ ।

त्यस्तै, कतारको अंक तालिकामा ६ अंक रहेको छ भने चीनको २ अंक छ । त्यसैगरी ताजकिस्तान र लेवनान एक एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैले समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ ।

यही समूहमा रहेका चीन र लेबनानले बुधबार नै बराबरी खेल्दै अंक बाडेका थिए । अब समूह चरणको अन्तिम खेलमा घरेलु टोली कतारले चीनसँग र लेबनानले ताजकिस्तानसँग खेल्ने छन् ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?