Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

चिसो बढेपछि नेपालगञ्जका विद्यालय तीन दिन बन्द


खजुरा,बाँके। अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले चिसो बढेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताएका छन् ।

‘मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ’, उनले भने, ‘जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।’

उक्त महाशाखा प्रमुख थापाका अनुसार अत्यधिक जाडो तथा शीतलहर बढेसँगै विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको हो । नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ ।

त्यस्तै, शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको छ ।

बाँकेमा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?