Trending
>>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता >>   सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

सर्लाहीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु


काठमाडौं। सर्लाही, ईश्वरपुर नगरपालिका–११ कर्ममुहान चोकमा ज.२ प १७२५ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०१–०२६ च ०७५९ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रनगर नगरपालिका–३ बस्ने ३५ वर्षीय राज नारायण महतोको मृत्यु भएको छ।

बर्दिया, राजापुर नगरपालिका–५ बदालपुरस्थित सडकमा भे.७ प ६११ नम्बरको मोटरसाइकल सडक छेउमा रोकी राखेको ना.८ ख १३८५ नम्बरको ट्रकमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय बिन्द्रा प्रसाद चौधरीको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धानमा गरिरहेको छ ।

 


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?