Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कांग्रेसलाई सुदृढ बनाउन थप मिहिनेत आवश्यक छ: प्रकाशमान सिंह


काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसलाई नम्बर एक पार्टी बनाइरहन थप मिहिनेत आवश्यक रहेको बताएका छन् ।

आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सबैले आ-आफ्नो जिम्मेवारी इमानदारीताका साथ पूरा गरे पार्टी सुदृढ हुने र नम्बर एक रहिरहने बताएका छन् । उक्त पार्टीलाई बलियो बनाउन सिर्जनात्मक र तथ्यगत सुझाव दिन आग्रह गर्दै उनले क्रियाशील सदस्यदेखि पदमा रहेकाहरूसमेत जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, एक अर्कालाई आक्षेप लगाएर पार्टी उँभो नलाग्ने भन्दै उनले भने, ‘कार्यकर्तामा नैराशयता आउनु राम्रो कुरा होइन, सबैले राम्रो परफर्मेन्स गरे हामी नम्बर एक रहिरहन्छौ ।’

नेता सिंहले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी रहेकाले मुद्दाहरूमा नेताहरूबाट फरक मत आउनु स्वाभाविक भएको समेत बताएका छन् ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?