Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

कांग्रेसलाई सुदृढ बनाउन थप मिहिनेत आवश्यक छ: प्रकाशमान सिंह


काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसलाई नम्बर एक पार्टी बनाइरहन थप मिहिनेत आवश्यक रहेको बताएका छन् ।

आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सबैले आ-आफ्नो जिम्मेवारी इमानदारीताका साथ पूरा गरे पार्टी सुदृढ हुने र नम्बर एक रहिरहने बताएका छन् । उक्त पार्टीलाई बलियो बनाउन सिर्जनात्मक र तथ्यगत सुझाव दिन आग्रह गर्दै उनले क्रियाशील सदस्यदेखि पदमा रहेकाहरूसमेत जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, एक अर्कालाई आक्षेप लगाएर पार्टी उँभो नलाग्ने भन्दै उनले भने, ‘कार्यकर्तामा नैराशयता आउनु राम्रो कुरा होइन, सबैले राम्रो परफर्मेन्स गरे हामी नम्बर एक रहिरहन्छौ ।’

नेता सिंहले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी रहेकाले मुद्दाहरूमा नेताहरूबाट फरक मत आउनु स्वाभाविक भएको समेत बताएका छन् ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?