Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

राष्ट्रियतालाई सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने सङ्कल्प गरौँः झलनाथ खनाल


काठमाडौं। नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले राष्ट्रिय एकता दिवसको अवसरमा देशलाई समाजवादको दिशातर्फ अघि बढाउने सङ्कल्प लिन आह्वान गरेका छन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिँदै अब मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, अब हामीले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई सुदृढ गर्दै, सामाजिक-आर्थिक रूपान्तरण गर्ने, मानिसले मानिसलाई गर्ने शोषणबाट मुक्त पार्ने, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरुलाई सुदृढ बनाउँदै समाजवादको बाटोमा अग्रसर भएर मात्र एकीकरणका योद्धाहरू, हाम्रा वीर पुर्खाहरू, महान् शहिदहरु र आम नेपाली जनताको इच्छा र आकाङ्क्षा अनुरूपको समृद्ध नेपाल र सुखी नेपाली को सपना साकार पार्न सक्छौँ ।

त्यस्तै, तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको राज्य विस्तारको प्रक्रियाले उपत्यका एकीकृत भएपछि नेपालको ऐतिहासिक एकीकरणको अभियानको रूप लिएको उल्लेख गरेका छन् ।

उनले अगाडि भनेका छन्, त्यही क्रममा नेपालका पूर्व पश्चिम, हिमाल, पहाड र तराईमा रहेका ६० भन्दा बढी स-साना राज्यहरूलाई एकीकरण गर्दै हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र सौर्यको परिणाम स्वरूप हाम्रो मातृभूमि नेपाल एउटा स्वाधीन, अखण्ड र सार्वभौम मुलुकका रूपमा तथा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रूपमा विकसित भएको छ ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?