Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

राष्ट्रियतालाई सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने सङ्कल्प गरौँः झलनाथ खनाल


काठमाडौं। नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले राष्ट्रिय एकता दिवसको अवसरमा देशलाई समाजवादको दिशातर्फ अघि बढाउने सङ्कल्प लिन आह्वान गरेका छन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिँदै अब मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, अब हामीले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई सुदृढ गर्दै, सामाजिक-आर्थिक रूपान्तरण गर्ने, मानिसले मानिसलाई गर्ने शोषणबाट मुक्त पार्ने, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरुलाई सुदृढ बनाउँदै समाजवादको बाटोमा अग्रसर भएर मात्र एकीकरणका योद्धाहरू, हाम्रा वीर पुर्खाहरू, महान् शहिदहरु र आम नेपाली जनताको इच्छा र आकाङ्क्षा अनुरूपको समृद्ध नेपाल र सुखी नेपाली को सपना साकार पार्न सक्छौँ ।

त्यस्तै, तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको राज्य विस्तारको प्रक्रियाले उपत्यका एकीकृत भएपछि नेपालको ऐतिहासिक एकीकरणको अभियानको रूप लिएको उल्लेख गरेका छन् ।

उनले अगाडि भनेका छन्, त्यही क्रममा नेपालका पूर्व पश्चिम, हिमाल, पहाड र तराईमा रहेका ६० भन्दा बढी स-साना राज्यहरूलाई एकीकरण गर्दै हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र सौर्यको परिणाम स्वरूप हाम्रो मातृभूमि नेपाल एउटा स्वाधीन, अखण्ड र सार्वभौम मुलुकका रूपमा तथा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रूपमा विकसित भएको छ ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?