Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

रामबहादुर बम्जनलाई भेट्न सीआईबी कार्यालय पुगिन् पूर्वराज्यमन्त्री लामा


काठमाडौं। अनुयायीहरूलाई बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् ।

बमजनलाई भेट्न भन्दै उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालय पुग्दा भिडभाड भएको थियो । त्यसपछि उनीहरूलाई प्रहरीले हटाएको थियो । उनका अनुयायीहरूलाई प्रहरीले सीआईबी कार्यालय नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।

बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् भने यही टोलीमा पूर्वराज्यमन्त्री लामा समेत छिन् ।

प्रहरीहरू पनि उल्लेख्य संख्यामा परिचालित छन् भने उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?