Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पञ्चेश्वर केही दिनमा ब्रेक थ्रु हुने प्रधानमन्त्री’प्रचण्ड’को दाबी


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु हुने बताएका छन् । बुधवार संसद्को कानुन समितिमा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

‘मलाई विश्वास छ आउने केही दिनमा पञ्चेश्वरको ब्रेक थ्रू हुन्छ । त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ’, प्रधानमन्त्रीको दाबी रहेको छ भने पञ्चेश्वर परियोजना ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने समेत लक्ष्य रहेको छ ।

उक्त समितिमा प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण र विदेश मन्त्री जयशंकरको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप बलियो बनाउने आधार प्रस्तुत भएको बताए ।

त्यसै क्रममा उनले १० हजार मेगावाट बिजुली निर्यात गर्न सफल भएको बताएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?