Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

रोल्पाका जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा


रोल्पा। जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।

उक्त कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता/असक्त (क र ख वर्गका) नागरिकसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत रोल्पाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै गई निःशुल्क स्वास्थ्यपरीक्षण तथा परामर्श दिन थालेका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिए ।

उक्त कार्यक्रम स्वास्थ्य कार्यालयको आयोजना तथा स्थानीय तहको सहकार्यमा भइरहेको उनले जानकारी दिए । यसका लागि जिल्लाभरका करिब तीन सय स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।

सो जिल्लामा ८० वर्ष माथिका ज्येष्ठ नागरिकको कूल सङ्ख्या दुई हजार दुई सय ६२ रहेको कार्यालयले जनाएको छ भने सुनछहरी गाउँपालिकामा ८० वर्ष माथिका ज्येष्ठ नागरिक चार सय ४१ रहेका छन् । ज्येष्ठ नागरिकको सङ्ख्या सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा छ भने त्रिवेणीमा उक्त सङ्ख्या एक सय मात्र रहेको छ ।

त्यस्तै, थवाङ गाउँपालिकामा ८० वर्ष माथिका ज्येष्ठ नागरिकको सङ्ख्या एक सय ७२, परिवर्तन गाउँपालिकामा दुई सय ४५, गङ्गादेव गाउँपालिकामा एक सय ६०, माडी गाउँपालिकामा एक सय २८, रोल्पा नगरपालिकामा तीन सय सात, रुन्टिगढी गाउँपालिकामा एक सय ४१, सुनिल स्मृति गाउँपालिकामा दुई सय ८८ तथा लुङ्ग्री गाउँपालिकामा दुई सय ८० रहेको छ ।

उक्त जिल्लामा अपाङ्गता÷अशक्तको कूल सङ्ख्या तीन हजार तीन सय ३५ रहेको छ । यसमा ‘क’ वर्गका ६ सय चार तथा ‘ख’ वर्गका चार सय ६९ जना रहेका कार्यालयले जनाएको छ । सो जिल्लामा सरकारी अस्पताल एक, प्राथमिक स्वास्थ्य केन्द्र दुई, स्वास्थ्य चौकी ४९, आधारभूत स्वास्थ्य केन्द्र २२, सामुदायिक स्वास्थ्य एकाई ३४ तथा सहरी स्वास्थ्य केन्द्र पाँच रहेका छन् ।

उक्त जिल्लामा गाउँघर क्लिनिक एक सय ७५, खोप क्लिनिक दुई सय २० तथा महिला स्वास्थ्य स्वयमसेविका चार सय ५९ रहेका कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?