Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

शेयर बजार २० अंकले बढ्यो


काठमाडौं। शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।

त्यस्तै, बजारसँगै आज कारोबार रकम र सङ्ख्या पनि बढेको छ भने आज एक करोड ७९ लाख ४९ हजार कित्ता शेयर कारोबार भएकोमा सबैभन्दा धेरै निफ्राको आठ लाख ५१ हजार कित्ता शेयर किनबेच भएका छन् ।

आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ भने ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

समग्रमा बजार बढेको दिन आज धौलागिरि लघुवित्तको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । आज छ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै, सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?