Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

मिर्गौलापीडित ३५ बुँदे मागसहित स्वास्थ्य मन्त्रालयमा


काठमाडौं। मिर्गौला पीडितहरूले स्वेच्छाले आफ्नो मिर्गौला दिन सकिने कानुनी व्यवस्था मिलाइनुपर्ने माग राखेका छन्।

सोमबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुगेका मिर्गौला पीडित सरोकार समितिले स्वेच्छाले मिर्गौला दान दिन पाउनुपर्ने लगायत विभिन्न ३५ माग राखेको हो ।

उनीहरूले मिर्गौला बिरामीको ४० वर्ष भन्दा कम उमेरको हकमा २ पटकसम्म चेकजाँच सरकारले निःशुल्क गर्नुपर्ने माग राखेका छन् भने उनीहरूले अङ्ग प्रत्यारोपण दिने व्यक्तिलाई जीविकोपार्जनका लागि मासिक भत्ता प्रदान गरिनुपर्ने, मित–मितिनी, आमा, दाजु, भाइ, बहिनी, साला, साली, भन्जाभान्जी, मित्यौरी साइनोले पनि मिर्गौला दान दिन पाउने कानुन बनाउन माग गरेका छन्।

त्यस्तै, सात वटै प्रदेशमा चाँडो भन्दा चाँडो प्रत्यारोपण केन्द्रहरू सञ्चालन गरिनुपर्ने, हेमाडाइलासिस, पोजेटिभ डाइलासिस ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न पनि माग गरेका छन्।

अन्य मागः-


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?