Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

जनताले साथ दिए देशले खोजेको परिवर्तन सम्भव छ : सभापति लामिछाने


पाल्पा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् ।

आज पाल्पाको रामपुर नगरपालिकामा भएको पाल्पा खुला सभालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्रीसमेत भएका भएका सभापति लामिछानेले जुनसुकै मुद्दा लागे पनि अन्याय र अत्याचारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी लडिरहने बताए । “नेपाली जनताले हार्नु भएन, आँट गरेपछि निश्चित गन्तव्यमा पुग्नुपर्छ, मत परिवर्तन गरिएन भने देश परिवर्तन हुँदैन, विभेदको अन्त्यका लागि सधैँ लड्नेछौँ”, उनले भने ।

सो अवसरमा सोही पार्टीका सांसद सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी सबैको साझा पार्टी भएकाले जनताका मुद्दा, समस्यालाई संसद्मा उठाउँदै आइरहेको बताइन।


प्रकाशित मिति: २१ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?