Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

रैथाने सिपलाई अन्तराष्ट्रिय बजारमा पुर्‍याउने प्रयास भइरहेकाे छः उपप्रमुख डंगोल


काठमाडौँ । रैथाने सिपलाई उद्यमशील बनाउने, उद्यमलाई विकास गर्दै उत्पादनमा गुणस्तरीयता, आकर्षक प्याकेजिङ् तथा प्रवर्धनको चक्रबाट अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन काठमाडौँ महानगरपालिकाले काम गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । निर्यातमा काम गर्न इच्छुक २० जना वडाबासीका लागि वडा नं. २३ ले आजदेखि सुरु गरेको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक ५ दिने तालिम उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

‘अन्तरराष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ् र प्रवर्धनको सिप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् । यस्ता उत्पादनको प्याकेजिङ्, गुणस्तर कायम गर्ने विधि, बजारीकरण सम्बन्धी सिप प्रदान गर्दा निर्यातमा प्रोत्साहन हुने हाम्रो विश्वाश हो ।’ उहाँले बताउनुभयो । स्थानीय उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यले ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक तालिम सुरु भएको छ । वडा नं. २३ ले २० जना वडाबासीलाई यस सम्बन्धी ५ दिने तालिम सुरु गरेको छ ।


प्रकाशित मिति: २१ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?