Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

रैथाने सिपलाई अन्तराष्ट्रिय बजारमा पुर्‍याउने प्रयास भइरहेकाे छः उपप्रमुख डंगोल


काठमाडौँ । रैथाने सिपलाई उद्यमशील बनाउने, उद्यमलाई विकास गर्दै उत्पादनमा गुणस्तरीयता, आकर्षक प्याकेजिङ् तथा प्रवर्धनको चक्रबाट अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन काठमाडौँ महानगरपालिकाले काम गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । निर्यातमा काम गर्न इच्छुक २० जना वडाबासीका लागि वडा नं. २३ ले आजदेखि सुरु गरेको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक ५ दिने तालिम उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

‘अन्तरराष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ् र प्रवर्धनको सिप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् । यस्ता उत्पादनको प्याकेजिङ्, गुणस्तर कायम गर्ने विधि, बजारीकरण सम्बन्धी सिप प्रदान गर्दा निर्यातमा प्रोत्साहन हुने हाम्रो विश्वाश हो ।’ उहाँले बताउनुभयो । स्थानीय उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यले ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक तालिम सुरु भएको छ । वडा नं. २३ ले २० जना वडाबासीलाई यस सम्बन्धी ५ दिने तालिम सुरु गरेको छ ।


प्रकाशित मिति: २१ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?