Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

चार दिनमा राष्ट्र बैंकले तान्यो सवा ७५ अर्ब रुपैयाँ


काठमाडौं। नेपाल राष्ट्र बैंकले निरन्तरजसो बजारबाट पैसा तानिरहेको छ । सोही क्रममा पछिल्ला चार दिनमा मात्र निक्षेप सङ्कलनमार्फत ७५ अर्ब २५ करोड रुपैयाँ बजारबाट तानेको हो ।

उल्लिखित रकममध्ये ५५ अर्ब २५ करोड रुपैयाँ तानिसेकेको छ भने बाँकी २० अर्ब रुपैयाँ तान्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ भने उक्त रकम पनि तानेपछि पछिल्ला चार दिन (यही पुस १६, १७, १८ र १९ गते) गरेर सवा ७५ अर्ब रुपैयाँ बजारबाट तानिसकेको छ ।

हालको नीतिगत व्यवस्थाअनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा कम रहँदा राष्ट्र बैंकले बजारबाट पैसा तान्नु पर्छ । अहिले अन्तर बैंक दर २.८० प्रतिशत हाराहारीमा छ । बुधबारको बोलकबोल अनुसार निक्षेप सङ्कलनको भारित औसत ब्याजदर ३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

सोही दिन बैंक तथा वित्तीय संस्थाले अधिकतम ३.११ प्रतिशत र न्यूनतम २.५९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?