Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

चार दिनमा राष्ट्र बैंकले तान्यो सवा ७५ अर्ब रुपैयाँ


काठमाडौं। नेपाल राष्ट्र बैंकले निरन्तरजसो बजारबाट पैसा तानिरहेको छ । सोही क्रममा पछिल्ला चार दिनमा मात्र निक्षेप सङ्कलनमार्फत ७५ अर्ब २५ करोड रुपैयाँ बजारबाट तानेको हो ।

उल्लिखित रकममध्ये ५५ अर्ब २५ करोड रुपैयाँ तानिसेकेको छ भने बाँकी २० अर्ब रुपैयाँ तान्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ भने उक्त रकम पनि तानेपछि पछिल्ला चार दिन (यही पुस १६, १७, १८ र १९ गते) गरेर सवा ७५ अर्ब रुपैयाँ बजारबाट तानिसकेको छ ।

हालको नीतिगत व्यवस्थाअनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा कम रहँदा राष्ट्र बैंकले बजारबाट पैसा तान्नु पर्छ । अहिले अन्तर बैंक दर २.८० प्रतिशत हाराहारीमा छ । बुधबारको बोलकबोल अनुसार निक्षेप सङ्कलनको भारित औसत ब्याजदर ३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

सोही दिन बैंक तथा वित्तीय संस्थाले अधिकतम ३.११ प्रतिशत र न्यूनतम २.५९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?