Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

आज शेयर बजार आठ दशमलव ७१ अङ्कले घट्यो


काठमाडौं। शेयर बजार आज बिहीवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७१ अङ्कले घटेर दुई हजार ४९ दशमलव २८ विन्दुमा झरेको हो ।

त्यस्तै, बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । आज एक करोड ६० लाख कित्ता शेयर पाँच अर्ब ५८ करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज जलविद्युत्, लगानी, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ । समग्रमा बजार घटे पनि आज कालिका पावर कम्पनी, सिंगटी हाइड्रोपावर कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर साढे छ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?