Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

तीन वर्षबाट अड्किएको बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउँदै


काठमाडौं। भारतीय विदेश मन्त्री एस. जयशंकर बिहीबार नेपाल आउँदै छन् । विगत तीन वर्ष देखी अड्किएको नेपाल र भारतका विदेशमन्त्रीहरुको संयुक्त बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

नेपाल तथा भारतीय दुवै पक्षका अधिकारीहरूले आगमनको सूचना सार्वजनिक गरेका छन् भने बिहीबार आएका एस। जयशंकर शुक्रवार भारत फर्किनेछन् । उक्त बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने बताइएको छ । नेपाली समकक्षी एनपी साउददेखी प्रधानमन्त्री ‘प्रचण्ड’ तथा अरू शीर्ष नेतृत्वहरूसँग भेट्ने जयशंकरको भ्रमण सूची रहेको छ ।

प्रधानमन्त्री भएपछि ‘प्रचण्ड’सँग उनको पहिलो भेट हुने भएको छ भने भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’सँग उनको भेट भएको थिएन । ‘प्रचण्ड’ भारतमा हुँदा जयशंकर विदेश भ्रमणमा थिए । यस अगाडि भारतीय विदेश सचिवको रूपमा भने एस। जयशंकरको ‘प्रचण्डसँग भेट भएको थियो ।

त्यस्तै, भारतीय अखबार दि हिन्दुका अनुसार नेपालबाट १० हजार मेगावाट बिजुली भारतमा खरिद गर्ने देखी त्रिभुवन विश्व विद्यालयमा निर्माण भएको नयाँ पुस्तकालयको उद्घाटनमा जयशंकर सक्रिय हुनेछन् । आगामी जनवरी २२ मा उद्घाटन हुने राम मन्दिरमा कुनै विदेशी सरकारका प्रतिनिधिहरूलाई निम्तो नआएकोमा त्यस बारेमा पनि जयशंकर र ‘प्रचण्ड’को कुरा हुने हिन्दुले उल्लेख गरेको छ ।

नेपाल भारतका विदेशमन्त्रीहरुको यो सातौँ बैठक हुनेछ भने पछिल्लो छैटौँ बैठक सन २०२१ को जनवरी १४ र १५ मा भारतको राजधानी नियाँ दिल्लीमा भएको थियो ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?