Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

तीन वर्षबाट अड्किएको बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउँदै


काठमाडौं। भारतीय विदेश मन्त्री एस. जयशंकर बिहीबार नेपाल आउँदै छन् । विगत तीन वर्ष देखी अड्किएको नेपाल र भारतका विदेशमन्त्रीहरुको संयुक्त बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

नेपाल तथा भारतीय दुवै पक्षका अधिकारीहरूले आगमनको सूचना सार्वजनिक गरेका छन् भने बिहीबार आएका एस। जयशंकर शुक्रवार भारत फर्किनेछन् । उक्त बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने बताइएको छ । नेपाली समकक्षी एनपी साउददेखी प्रधानमन्त्री ‘प्रचण्ड’ तथा अरू शीर्ष नेतृत्वहरूसँग भेट्ने जयशंकरको भ्रमण सूची रहेको छ ।

प्रधानमन्त्री भएपछि ‘प्रचण्ड’सँग उनको पहिलो भेट हुने भएको छ भने भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’सँग उनको भेट भएको थिएन । ‘प्रचण्ड’ भारतमा हुँदा जयशंकर विदेश भ्रमणमा थिए । यस अगाडि भारतीय विदेश सचिवको रूपमा भने एस। जयशंकरको ‘प्रचण्डसँग भेट भएको थियो ।

त्यस्तै, भारतीय अखबार दि हिन्दुका अनुसार नेपालबाट १० हजार मेगावाट बिजुली भारतमा खरिद गर्ने देखी त्रिभुवन विश्व विद्यालयमा निर्माण भएको नयाँ पुस्तकालयको उद्घाटनमा जयशंकर सक्रिय हुनेछन् । आगामी जनवरी २२ मा उद्घाटन हुने राम मन्दिरमा कुनै विदेशी सरकारका प्रतिनिधिहरूलाई निम्तो नआएकोमा त्यस बारेमा पनि जयशंकर र ‘प्रचण्ड’को कुरा हुने हिन्दुले उल्लेख गरेको छ ।

नेपाल भारतका विदेशमन्त्रीहरुको यो सातौँ बैठक हुनेछ भने पछिल्लो छैटौँ बैठक सन २०२१ को जनवरी १४ र १५ मा भारतको राजधानी नियाँ दिल्लीमा भएको थियो ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?