Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

लुम्बिनी प्रदेशः राजधानी कार्यान्वयन मुख्य उपलब्धि


लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँचवर्षे कार्यकालको मुख्य उपलब्धि भएको बताउनुभयो । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीबाट सञ्चालनमा आएको छ भने अन्य मन्त्रालयका लागि संरचना खोजीको काम भइरहेको छ ।

त्यस्तै प्रदेशसभा पनि देउखुरीमै निर्माण भएको नयाँ भवनबाट सञ्चालन थालिएको छ । अघिल्लो कार्यकालको यो उपलब्धि हो । “हामीले आफ्नै प्रदेशसभा भवन निर्माण गर्‍यौँ ”, उहाँले भन्नुभयो, “मुख्यमन्त्री कार्यालय पनि आयो, अन्य मन्त्रालय पनि अब आउँदैछन् ।” साथै प्रदेशसभाको पहिलो कार्यकालमा ७२ विधेयक पारित भई ऐनका रूपमा प्रमाणीकरण भएका छन् भने सरकारले ३० नियमावली पारित गरी कार्यान्वयन गरिरहेको छ । साथै विकास निर्माणका हिसाबले पनि प्रदेशमा फड्को मारिएको प्रवक्ता शर्माले बताउनुभयो ।

उहाँका अनुसार पाँच वर्षमा सात सय ४९ किलोमिटर सडक कालोपत्र भएको छ भने नौ सय ८८ किलोमिटर सडक ग्राभेल तथा चार सय ३५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ । त्यस्तै ७४ वटा सडक पुल र २३ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । उहाँका अनुसार तीन हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याइएको, छ सय आठवटा स्याले ट्युबेल, एक हजार आठ सय पाँचवटा सिँचाइ कुलो निर्माण गरिएको छ । त्यस्तै एक सय २२ किलोमिटर लम्बाइमा नदी नियन्त्रणको कार्य भएको छ । यसबाट दुई हजार एक सय १५ हेक्टर जमिन नदीबाट उकास भएको छ ।

प्रदेश सरकारले ११ हजार एक सय ४७ वटा लिफ्ट खानेपानी आयोजना र एक हजार दुई सय ३१ वटा खानेपानीका आरसिसी ट्याङ्की निर्माण गरेको छ । त्यस्तै एक हजार सात सय १७ किलोमिटर ट्रान्समिसन पाइप लाइन जडान भएको, चार हजार आठ सय ७२ किलोमिटर डिस्ट्रिब्युसन पाइप जडान भएको छ । प्रदेश सरकारले सात हजार एक सय ६१ कमैया, मुस्लिम र दलित छात्रालाई छात्रबृत्ति, तीन हजार आठ सय ८७ विज्ञान विषय अध्ययनरत छात्रालाई छात्रबृत्ति प्रदान गरेको जनाएको छ । तत्कालीन जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारको व्यवस्था गर्नुका साथै मुटु, मिर्गौला र क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि रु दुई लाख दिने कार्यक्रमबाट छ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।

त्यस्तै चारवटा यातायात सेवा कार्यालय स्थापना गरी सेवाप्रवाह गरिरहेको, चार स्थनमा सवारी यात्रु र चलकका लागि रिफ्रेस सेन्टरको निर्माण गरेको, कृषिलाई आधुनिकीकरण गर्नका लागि एक सय नौवटा कृषि स्मार्ट गाउँको निर्माण गरिएको, १९ वटा शीतभण्डार, १९ वटा खाद्यान्न भण्डार, १० वटा बीउ भण्डारणगृह निर्माण गरिएको छ । प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि सारेको लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेमा स्थापना भई सञ्चालनको तयारीमा रहेको छ ।


प्रकाशित मिति: १९ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?