Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

कालीकोटमा उत्पादन हुने कृषि बाली पहिचानसहित बजारीकरण गरिने


कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटले यहाँ उत्पादन हुने कालोमार्सी चामल, बेसार, स्याउलाई छुट्टै पहिचानसहित बजारीकरणमा सहयोग गर्ने भएको हो । पहिचानसहित बजारीकरण गर्दा सहज हुने कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

“कालीकोटमा उत्पादन हुने कृषि वस्तुको एकद्वार प्रणालीमा बिक्री वितरण नहुँदा पहिचानसमेत हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन हुने कृषि उपजका वस्तु पहिचान दिएर बिक्री वितरण गर्ने व्यवस्था मिलाउँदै छौँ ।” किसानले उत्पादन गरेका वस्तुको उत्पादनस्थलदेखि तीन किलो मिटरसम्म लागि ढुवानीको व्यवस्था कार्यालयले गर्ने प्रमुख देवकोटाको भनाइ छ ।

“ढुवानीसँगै उच्च मूल्यका कृषिजन्य वस्तु ठूला सहरमा बिक्री गर्ने व्यवस्था कार्यालयले मिलाउँछ”, उहाँले भन्नुभयो, “पुरानो रैथाने बाली चिनो, कागुनो र फापरको उत्पादन हुने क्षेत्र पहिचान गरिरहेका छौँ ।” कालीकोटमा उत्पादन हुने रैथाने तथा अर्गानिक कृषि बाली पहिचानबिना बिक्री हुँदा उत्पादन कहाँ भएको हो भन्नेबारे कुनै जानकारी पनि नहुने भएकाले पहिचानसहित बिक्री गर्न लागिइएको हो ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?