Trending
>>   अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू >>   आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य >>   आज मिति २०८१ साल चैत्र ३१ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल >>   शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरुको अडान >>   १७ हजारको हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः अध्यक्ष दाहाल >>   जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक होः पूर्वप्रधानन्यायाधीश कार्की >>   काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल >>   इजिप्टले इन्धनको मूल्य १५ प्रतिशतले बढायो >>   गलत सूचनाका कारण योगी आदित्यनाथ दिल्लीस्थित नेपाली दुतावास जानुभएको भने, त्यसको खण्डन गर्छुः देउवा >>   संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छः शेखर कोईराला
Logo
१ बैशाख २०८२, आईतवार
१ बैशाख २०८२, आईतवार

व्यवस्थित र पारदर्शी तरिकाले काम गर्ने प्रयास गरिरहेका छौँ : प्रधानन्यायाधीश श्रेष्ठ


३ ,पुष ,काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयले व्यवस्थित र पारदर्शी तरिकाले काम गर्ने प्रयास गरिरहेको बताएका छन् । न्याय परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले संवैधानिक र कानुनी जिम्मेवारी पूरा गर्ने उद्देश्यले नै परिषद् स्थापना गरिएको उल्लेख गरे ।

“न्याय परिषद् न्यायाधीश नियुक्ति, बर्खास्ती, सरुवा र बढुवा, न्याय प्रशासन सञ्चालन गर्ने उद्देश्यले परिकल्पना गरिएको हो”, प्रधानन्यायाधीश श्रेष्ठले भने, “संवैधानिक र कानुनी जिम्मेवारी पूरा गर्ने काम भइरहेको छ ।” परिषद्को कामप्रति भरोसा गर्न आग्रह गर्दै उनले आएका उजुरीको निष्पक्ष छानबिन गर्ने काम भइरहेको बताए ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सुव्यवस्थित न्याय सम्पादन र जनशक्ति व्यवस्थापनका लागि परिषद्ले काम गर्दै आएको उल्लेख गर्दै नेपालको न्यायालयले जिम्मेवार तरिकाले काम गर्ने जिकिर गरे ।

न्यायालयमा सुधारको गुन्जायस भएको उल्लेख गर्दै उनले भने, “अन्य क्षेत्रमा भ्रष्टचार भएको होला, त्यसका छिटा यहाँ पनि परेका होलान, तर न्यायालय अनुशासनमा चलेको छ ।”

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले न्यायाधीश नियुक्ति प्रक्रिया, नियुक्त भएका न्यायाधीशले न्यायिक सुधारका लागि गरेका काम र संस्कारको विषयमा समीक्षा गर्नुपर्नेमा जोड दिए ।

नियुक्ति र काम गरिररहेका न्यायाधीशले न्याय प्रणालीमा प्रभावकारी तरिकाले काम गर्न सकेको वा नसकेको विषयमा अध्ययन गर्नुपर्ने जरुरी भएको उनले उल्लेख गरे।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरले नेपाली जनताको न्यायको पहुँच र परिषद्को क्रियाकलापले उपभोक्तालाई न्याय मिलेको वा नमिलेको विषयमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।

“फौजदारी न्याय उदार हुन सकेन भन्ने छ, आर्थिक विषयसँग सम्बन्धित मुद्दामा थुनेर कारबाही गर्ने विषयले धेरै व्यापारी हतोत्सायी बन्ने गरेको प्रश्न उठको छ”, उनले भने, “एउटै प्रकृतिका मुद्दामा कोही धरौटीमा छुट्ने, कोही थुनामै बस्नेजस्ता गम्भीर विषय देखिएका छन् ।”

सो अवसरमा उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र जिल्ला अदालत काठमाडौँका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यलाई प्रधानन्यायाधीश श्रेष्ठले सम्मान गरे । कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले ‘न्याय परिषद्’ बुलेटिनसमेत सार्वजनिक गरे ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?