Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

फूलसहितका गमला राखेर झकिझकाउ बनाँइदै बन्तपुर


काठमाडौँ । बसन्तपुरमा रहेको काष्ठमण्डप क्षेत्रमा सौन्दर्यात्मक कार्यक्रम थालनी गरिएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयबासीहरुको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेको छ । २९ औँ महानगर दिवसको अवसरमा पारेर फूल राख्न आयोजना गरिएको कार्यक्रममा वडा नंं १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा सदस्यहरु, शार्दुलजंग गुल्मका गुल्मपति पूर्ण प्रजापती र स्थानीयबासी सहभागी हुनुभएको थियो ।

वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर भन्नुहुन्छ, ‘सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक सांस्कृतिक कार्यक्रममा असर परिरहेको छ । यो असर रोक्ने अभिप्रायले काम थालिएको हो । स्ट्याण्ड राखिएका ठाउँबाट सवारी साधन भित्र प्रवेश नगरुन् भनेर एक अर्कालाई फलामे साङ्लाले जोडिएको छ ।’


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?