Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

मध्य पहाडमा एमालेलाई जनताको अपार समर्थन छ: महासचिव पोख्रेल


काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको दाबी गरेका छन् । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्रामा रहेको एमालेका महासचिव पोखरेलले मध्यपहाडमा एमालेलाई जनताको अपार समर्थन प्राप्त भएको बताएका छन् ।

एमालेको सङ्कल्प यात्राले जनतामा फैलिएको निराशालाई आशामा बदल्न सहयोग पुगेको भन्दै उनले यात्राले समाजमा फैलिएको नकारात्मक मनोविज्ञानलाई चिर्न र गलत प्रवृत्तिलाई पाखा लगाउन समेत सहयोग पुर्‍याएको दाबी गरे ।

त्यस्तै, बिहीबार बिहान भोजपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लोकमार्गको पूर्वपश्चिम यात्राका क्रममा मध्यपहाडको समस्या, सम्भावना र अवसरहरूलाई नजिकबाट नियाल्ने काम भएको बताएका छन् ।

उनले मध्यपहाडमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना कायम रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?