Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नेपालका भूकम्पपीडितलाई भारतले २० मेट्रिक टन चामल अनुदान दिने


काठकाडौं। नेपालका भूकम्प प्रभावितका लागि भारतले २० मेट्रिक टन चामल अनुदान दिने भएको छ । बिहीबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको वैदेशिक व्यापार महानिर्देशनालयले राजपत्रमा एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।

नेपालका भूकम्प प्रभावितका लागि अनुदान स्वरुप २० मेट्रिक टन गैरबासमती चामल उपलब्ध गराउने उल्लेख छ भने सो चामल नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराउने महानिर्देशनालयले जनाएको छ ।

त्यस्तै, भारतले नेपालसहित केही अफ्रिकी मुलुकलाई निर्यात प्रतिबन्धका बाबजुद चामल अनुदानको निर्णय गरेको हो । विश्व बजारमा सम्भावित खाद्य संकट र आफ्नो मुलुकमा हुन सक्ने चामलको मूल्यबृद्धिलाई मध्यनजर गर्दे गत असार (१४ जुलाई २०२३) मा बासमती बाहेकको चामलको निर्यातमा रोक लगाएको थियो ।

त्यसैगरी, प्रतिबन्धात्मक अवस्थाका बाबजुद नेपालालाई भने सो चामल निर्यातको अनुमति दिइएको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?