Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

१४ किलो सुनबारे छानबिन गर्न समिति गठन


काठमाडाैं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ । बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेका थिए । दुबईबाट आएका चन्द्र घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो ।

त्यस्तै, भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा रहेका छन् ।

उक्त सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ भने घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव डा. टोकराज पाण्डेले बताएका छन् ।

 


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?