Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

कोपा अमेरिका २०२४ को ‘ड्र’ सार्वजनिक


काठमाडाैं। आगामी जुनमा हुने कोपा अमेरिका २०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ । दक्षिण अमेरिकी महादेशको प्रतियोगिता भए पनि उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरू समेत सहभागी हुने यस प्रतियोगिता अमेरिकामा आयोजना हुन लागेको हो ।

उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३-२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका हुन् भने बाँकी दुई टिमको टुङ्गो प्लेअफबाट लाग्नेछ । सो प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० र उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ टोलीले सहभागिता जनाउनेछन् ।

आज बिहान सार्वजनिक ड्र अनुसार साविक विजेता तथा विश्व विजेता अर्जेन्टिना समूह ‘ए’ मा छ । यस समूहमा पेरु र चिली पनि छन्। कोनकाकाफ क्षेत्रको एक टिम यो समूहमा पर्नेछन् ।

त्यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह ‘सी’ मा आयोजक अमेरिका सहित उरुग्वे, पानामा र बोलिभिया छन् ।

समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन्। यस समूहमा पनि कोनकाकाफ क्षेत्रको एक टिम हुनेछ। २०२४ जुन २० देखि जुलाई १४ सम्म हुने कोपा अमेरिका अमेरिकाका विभिन्न १४ शहरमा सञ्चालन हुनेछ ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?