Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

औषधि व्यवस्था विभागद्वारा अनुगमन तिब्र, अवैध पसलेको भागाभाग


काठमाडौं। जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् । उक्त विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वको टोलीले गत मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ ।

सो क्रममा दर्ता बिनै सञ्चालित अधिकांश औषधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभागले जनाएको छ । विभागका अनुसार हस्पिटलको फार्मेसी, हलसेल फार्मेसी र औषधि पसल गरी ६५ वटामा अनुगमन गरिएको छ । जसमा अधिकांश अस्पतालहरूमा आफ्नो फार्मेसी नभएको र सटर भाडामा दिएर बाहिरका व्यक्तिले सञ्चालन गरेको पाइएको छ ।

दर्ता भएका केही औषधि पसलमा फर्मासिस्ट नभएको र उपस्थित व्यक्तिले विभिन्न कामले उनीहरू बाहिर रहेको बताएका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?