Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

पक्राउ परेका दुर्गा प्रसाईँका आन्दोलनकारीहरूलाई रिहा गर्न माग


काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले एनसेल प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता वसन्तमान सिंह अधिकारीले एक विज्ञप्ति जारी गर्दै सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका हुन् ।

एनसेल शेयर खरिद बिक्रीमा अर्बौँ रुपैयाँ कर छली गर्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार कानूनविपरीत हुने गरी शेयर खरिद–बिक्री भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानूनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो, यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

दुर्गा प्रसाईँले गत मंसिर ७ गतेदेखि काठमाडौंमा सुरु गरेको शान्तिपूर्ण जनप्रदर्शनका क्रममा मंसिर ८ गते स्वतन्त्र नागरिकका हकहितलाई बेवास्ता गर्दै संविधान र कानूनविपरीत पक्राउ गरिएका श्रीनिवास आचार्य, मुनीन्द्र राजभण्डारी, सन्तोष सिल्वाल, पशुपति खड्का, सतिस न्यौपाने, गोकर्ण शाही, आवास खड्कालगायतलाई हालसम्म थुनामा राखी यातनासहित अमानवीय व्यवहार गरिएको भन्दै रिहा गर्न माग गरेका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?