Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

पक्राउ परेका दुर्गा प्रसाईँका आन्दोलनकारीहरूलाई रिहा गर्न माग


काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले एनसेल प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता वसन्तमान सिंह अधिकारीले एक विज्ञप्ति जारी गर्दै सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका हुन् ।

एनसेल शेयर खरिद बिक्रीमा अर्बौँ रुपैयाँ कर छली गर्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार कानूनविपरीत हुने गरी शेयर खरिद–बिक्री भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानूनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो, यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

दुर्गा प्रसाईँले गत मंसिर ७ गतेदेखि काठमाडौंमा सुरु गरेको शान्तिपूर्ण जनप्रदर्शनका क्रममा मंसिर ८ गते स्वतन्त्र नागरिकका हकहितलाई बेवास्ता गर्दै संविधान र कानूनविपरीत पक्राउ गरिएका श्रीनिवास आचार्य, मुनीन्द्र राजभण्डारी, सन्तोष सिल्वाल, पशुपति खड्का, सतिस न्यौपाने, गोकर्ण शाही, आवास खड्कालगायतलाई हालसम्म थुनामा राखी यातनासहित अमानवीय व्यवहार गरिएको भन्दै रिहा गर्न माग गरेका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?