Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

अछाम र सुर्खेत सिमानामा पर्ने जङ्गलघाटको पुल तोकिएकै स्थानमा बन्ने


अछाम। अछाम र सुर्खेतको सिमानामा पर्ने जङ्गलघाटमा ठेक्का लगाइएको पुलको निर्माण कार्य अगाडि बढ्ने भएको छ । बुधबार अछाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह तथा अछाम र सुर्खेतका नागरिकबीच जङ्गलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा शाहले अब तोकिएकै स्थानमा पुल बन्ने बताएका छन् ।

उक्त जङ्गलघाटमा ठेक्का लगाएको पुल निर्माण कार्य अगाडि बढाउन मन्त्रीस्तरिय निर्णय भएको जानकारी गराउँदै उनले अब तोकिएको स्थानमा नै पुल बन्ने कुरा सुनिश्चित भएको बताए । अछाम र सुर्खेतको सिमानामा बन्न लागेको बेतन कर्णाली हाइड्रोपावरले जङ्गलघाटमा बन्न लागेको पक्की पुल हाइड्रोपावरका कारणले डुबानमा पर्ने समस्या देखाउँदै पुलको उचाइ बढाउनुपर्ने वा पुल अन्यत्र निर्माण गर्नुपर्ने बताउँदै आएको थियो भने लामो समयको अवरोधपछि पुल बन्ने प्रक्रियामा गएको छ ।

त्यसैगरी, विसं २०७८ साउन ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा लामा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । कर्णाली–बाबियाचौर–जङ्गलगाट–तुर्माखाद कमलबजार–गैरिटाड सडक यो वर्ष देशभरमा नौ वटा रणनीति सडकमा छनोट भएको छ भने त्यसमा उक्त सडक खण्डलाई करिडोरका रूपमा अगाडि बढाउन रु पाँच अर्ब १८ करोड बजेटको सुनिश्चितता भएको शाहले बताएका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?