Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अछाम र सुर्खेत सिमानामा पर्ने जङ्गलघाटको पुल तोकिएकै स्थानमा बन्ने


अछाम। अछाम र सुर्खेतको सिमानामा पर्ने जङ्गलघाटमा ठेक्का लगाइएको पुलको निर्माण कार्य अगाडि बढ्ने भएको छ । बुधबार अछाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह तथा अछाम र सुर्खेतका नागरिकबीच जङ्गलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा शाहले अब तोकिएकै स्थानमा पुल बन्ने बताएका छन् ।

उक्त जङ्गलघाटमा ठेक्का लगाएको पुल निर्माण कार्य अगाडि बढाउन मन्त्रीस्तरिय निर्णय भएको जानकारी गराउँदै उनले अब तोकिएको स्थानमा नै पुल बन्ने कुरा सुनिश्चित भएको बताए । अछाम र सुर्खेतको सिमानामा बन्न लागेको बेतन कर्णाली हाइड्रोपावरले जङ्गलघाटमा बन्न लागेको पक्की पुल हाइड्रोपावरका कारणले डुबानमा पर्ने समस्या देखाउँदै पुलको उचाइ बढाउनुपर्ने वा पुल अन्यत्र निर्माण गर्नुपर्ने बताउँदै आएको थियो भने लामो समयको अवरोधपछि पुल बन्ने प्रक्रियामा गएको छ ।

त्यसैगरी, विसं २०७८ साउन ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा लामा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । कर्णाली–बाबियाचौर–जङ्गलगाट–तुर्माखाद कमलबजार–गैरिटाड सडक यो वर्ष देशभरमा नौ वटा रणनीति सडकमा छनोट भएको छ भने त्यसमा उक्त सडक खण्डलाई करिडोरका रूपमा अगाडि बढाउन रु पाँच अर्ब १८ करोड बजेटको सुनिश्चितता भएको शाहले बताएका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?