Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

कोप-२८ मा सहभागी हुन मिस नेपाल वर्ल्ड सृच्छा प्रधान दुबईमा


काठमाडौं। अहिले दुबईमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) जारी छ । मिस नेपाल सृच्छा प्रधान पनि उक्त सम्मेलनका लागि त्यहाँ छिन् । वातावरणकी विद्यार्थी समेत रहेकी उनले नेपाल पेभेलियनमा भैरहेका छलफलमा भाग लिइरहेकी छिन् ।

उनले कोप सम्मेलनमा आफ्नो रुचि बहुप्रजातिको न्याय, समुदाय केन्द्रित क्लाइमेट एक्सन र उद्यमशिलता रहेको उल्लेख गरेकी छन् । ‘साथै म युवा हुनुको नाताले मैले के विश्वास गर्नुपर्छ र आजको मिस नेपालले के सिक्नुपर्छ भन्ने कुरा सिक्न म खुला छु’ इन्स्टाग्राम वक्तव्यमा सृच्छाले भनेकी छन्, ‘हामीसँग समय कम छ तर, यसले हामीलाई एक हुन मौका प्रदान गरेको छु ।’

त्यसैगरी, इन्स्टाग्रामामर्फत सृच्छाले कोप-२८ सम्मेलनको क्रमका ताजा तस्वीर र भिडियो सार्वजनिक गरेकी छन् । जहाँ, उनले मिस नेपालको तर्फबाट नेपालले भोग्नुपरेका चुनौति र समस्या समाधानबारे कुरा गरिरहेको देख्न सकिन्छ । द हिडन ट्रेजरका अनुसार सम्मेलन चलुञ्जेल सृच्छा दुबईमा हुनेछिन् ।

उनले कोप सम्मेलनको क्रममा आफू छलफल सत्रमा सहभागि हुने उल्लेख गरेकी छन् । यो महत्वपूर्ण संवादमा मान्छेलाई निकट ल्याउनेबारे आफू सक्रिय रहेको भन्दै उनले यसमा आफूलाई मद्दत गर्न आग्रह गरेकी छन् । यसैबीच, मिस अर्थको प्रतिस्पर्धाका लागि मिस नेपाल अर्थ रेना मजगैयाँ यतिबेला भियतनाममा छिन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?