Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

‘डिग्री माइला’को दोस्रो चरणको छायांकन रुम्जाटारमा सुरु, सेटमा यस्तो देखिए दयाहाङ


काठमाडौं। ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले बिहीवारदेखि ओखलढुंगाको रुम्जाटारमा आगामी फिल्म ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन थालेका छन् । चिसो मौसममा खिच्नुपर्ने भएकाले निर्माताले एक महिना जति छायांकन रोकेका थिए ।

त्यस्तै, आउने सातादेखि कथा छायांकन गर्ने सेडुल छ । मंसिर अन्त्यसम्म स्वास्थ्य लाभ गरिरहेका अभिनेता प्रकाश घिमिरे पनि सेटमा फर्कने तयारीमा छन् । यो फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा किन छ भने दयाहाङकै चर्चित नाटकमाथि फिल्म आधारित छ । यो नाटकलाई मण्डलामा तीन पटक मञ्चन गरिएको थियो ।

सो गीत छायांकनसँगै ‘डिग्री माइला’ले पुनः गति लिएको हो । दयाहाङ राई र आँचल शर्माले बिहीवारदेखि नै सेट ज्वाइन गरेका छन् भने सेटबाट ताजा तस्वीर प्राप्त भएका छन् जहाँ दयाहाङ बालबालिकासँग रमाइलो गरिरहेको देख्न सकिन्छ ।

त्यसैगरी, वैशाख १ गते रिलिजको योजना रहेको फिल्ममा अधिकांश कलाकार ‘कबड्डी’ फिल्मकै छन् । जसमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत छन् । यो कमेडी फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन ।

आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गर्नेछन् ।

बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भइरहेको हो भने यो ब्यानरबाट रिलिज हुन लागेको नयाँ फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति शुक्रबार घोषणा हुनेछ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?