Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

‘डिग्री माइला’को दोस्रो चरणको छायांकन रुम्जाटारमा सुरु, सेटमा यस्तो देखिए दयाहाङ


काठमाडौं। ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले बिहीवारदेखि ओखलढुंगाको रुम्जाटारमा आगामी फिल्म ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन थालेका छन् । चिसो मौसममा खिच्नुपर्ने भएकाले निर्माताले एक महिना जति छायांकन रोकेका थिए ।

त्यस्तै, आउने सातादेखि कथा छायांकन गर्ने सेडुल छ । मंसिर अन्त्यसम्म स्वास्थ्य लाभ गरिरहेका अभिनेता प्रकाश घिमिरे पनि सेटमा फर्कने तयारीमा छन् । यो फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा किन छ भने दयाहाङकै चर्चित नाटकमाथि फिल्म आधारित छ । यो नाटकलाई मण्डलामा तीन पटक मञ्चन गरिएको थियो ।

सो गीत छायांकनसँगै ‘डिग्री माइला’ले पुनः गति लिएको हो । दयाहाङ राई र आँचल शर्माले बिहीवारदेखि नै सेट ज्वाइन गरेका छन् भने सेटबाट ताजा तस्वीर प्राप्त भएका छन् जहाँ दयाहाङ बालबालिकासँग रमाइलो गरिरहेको देख्न सकिन्छ ।

त्यसैगरी, वैशाख १ गते रिलिजको योजना रहेको फिल्ममा अधिकांश कलाकार ‘कबड्डी’ फिल्मकै छन् । जसमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत छन् । यो कमेडी फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन ।

आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गर्नेछन् ।

बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भइरहेको हो भने यो ब्यानरबाट रिलिज हुन लागेको नयाँ फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति शुक्रबार घोषणा हुनेछ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?