Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

ट्राफिक प्रहरीलाई एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार जरिवाना


काठमाडौं। बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्‍याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु ।

त्यस्तै, नगर प्रहरीका अनुसार पानीमा उल्लेख गरेको रकम भन्दा बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराएको हो । ‘हामीलाई गुनासो वा उजुरी आयो भने तत्काल एक्सन लिन्छौं । उपभोक्तालाई पनि तोकिएको भन्दा धेरै रकम नतिर्न अनुरोध गरेका छौं,’ महानगर प्रहरीले भन्यो ।

प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठले बुधबार दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि उनलाई समातेर महानगर कार्यालयमा पुर्‍याइएको थियो । ‘उनीहरुलाई १५ देखि २० रुपैयाँको पानीलाई दुई बोतलको ४० रुपैयाँका दरले ८० रुपैयाँ लिएपछि ट्राफिक प्रहरीले नै महानगरमा ल्याएर उजुरी गरे । त्यसपछि महानगरले ठगी गरेकोमा जरिवाना गरेको छ,’ एक महानगर प्रहरी अधिकारीले भने ।

 


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?