Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

क्राइम-थ्रिलर फिल्म ‘११ : ५५’ मा सृष्टि श्रेष्ठ र महेश त्रिपाठी अनुबन्धित


काठमाडौं। फिल्म ‘११:५५’ मा सृष्टि श्रेष्ठ र महेश त्रिपाठी अनुबन्धित भएका छन् । केशव पाण्डेको डेब्यु निर्देशन रहने फिल्मको छायांकन आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुँदै छ ।

उक्त फिल्मको शीर्ष भूमिकामा सृष्टि र महेशसँगै करिश्मा श्रेष्ठ, बुद्धि तामाङ र एमएस अग्रजको शीर्ष भूमिका हुनेछ भने लामो समयदेखि अष्ट्रेलियामा बसेर छोटा फिल्म निर्देशन गर्दै आएका पाण्डेले क्राइम थ्रिलर फिल्म बनाउन लागेका हुन् ।

सो फिल्ममा अभिनेतृ सृष्टि श्रेष्ठको पछिल्लो फिल्मको रुपमा ‘प्रेमा’ थियो भने महेशले चाहिं पछिल्लोपटक ‘हल्कारा’मा काम गरेका थिए । हल्कारा यस वर्षको लागि नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको छ ।

त्यस्तै, एमएस अग्रजसहित शेखर ज्ञवाली र निर्देशक पाण्डेको पटकथा लेखन रहने यो फिल्मको घोषणा चाहिं बिहीबार काठमाडौंमा गर्ने तयारी छ भने श्याम शर्मा र सरोजा शर्मा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अग्रज छन् ।

 


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?