Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

क्राइम-थ्रिलर फिल्म ‘११ : ५५’ मा सृष्टि श्रेष्ठ र महेश त्रिपाठी अनुबन्धित


काठमाडौं। फिल्म ‘११:५५’ मा सृष्टि श्रेष्ठ र महेश त्रिपाठी अनुबन्धित भएका छन् । केशव पाण्डेको डेब्यु निर्देशन रहने फिल्मको छायांकन आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुँदै छ ।

उक्त फिल्मको शीर्ष भूमिकामा सृष्टि र महेशसँगै करिश्मा श्रेष्ठ, बुद्धि तामाङ र एमएस अग्रजको शीर्ष भूमिका हुनेछ भने लामो समयदेखि अष्ट्रेलियामा बसेर छोटा फिल्म निर्देशन गर्दै आएका पाण्डेले क्राइम थ्रिलर फिल्म बनाउन लागेका हुन् ।

सो फिल्ममा अभिनेतृ सृष्टि श्रेष्ठको पछिल्लो फिल्मको रुपमा ‘प्रेमा’ थियो भने महेशले चाहिं पछिल्लोपटक ‘हल्कारा’मा काम गरेका थिए । हल्कारा यस वर्षको लागि नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको छ ।

त्यस्तै, एमएस अग्रजसहित शेखर ज्ञवाली र निर्देशक पाण्डेको पटकथा लेखन रहने यो फिल्मको घोषणा चाहिं बिहीबार काठमाडौंमा गर्ने तयारी छ भने श्याम शर्मा र सरोजा शर्मा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अग्रज छन् ।

 


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?