Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित


काठमाडौं। गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सन् २०२३ को सूचीमा उनले यो उपलब्धि हासिल गरेकी हुन् । त्यस्तै, मनोरञ्जन क्षेत्रबाट भने टेलर स्वीफ्ट सबैभन्दा अघि देखिएकी हुन् । यसै वर्ष फोर्ब्सले उनलाई आधिकारिक रुपमा अर्बपति घोषणा गरेको थियो भने म्यागजिनका अनुसार स्वीफ्टको कुल सम्पत्ति १.१ बिलियन अमेरिकी डलर छ ।

सो सूचीको शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन छिन् भने दोस्रोमा युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड, तेस्रोमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चौथोमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी छन् । त्यस्तै, शक्तिशाली महिलाको सूचीमा गायिका बियोन्से ३६ औं स्थानमा छिन् । अघिल्लो वर्ष ८० औं स्थानमा रहेकी बियोन्से ४४ स्थान माथि उक्लिएकी हुन् भने गत फेब्रुअरीमा बियोन्से सर्वाधिक ग्रामी अवार्ड जित्ने गायिका घोषित भएकी थिइन् ।

गायिका रिहाना ७४ औं स्थानमा छिन् । रिहानाको कुल सम्पत्ति १.४ बिलियन डलर छ । गत जुनमा यी तीन जना अमेरिकी गायिकालाई फोर्ब्स अमेरिकाका धनी सेल्फमेडको सूचीमा राखेको थियो भने टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रे ३१ औं स्थानमा रहेकी छिन् ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?