Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित


काठमाडौं। गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सन् २०२३ को सूचीमा उनले यो उपलब्धि हासिल गरेकी हुन् । त्यस्तै, मनोरञ्जन क्षेत्रबाट भने टेलर स्वीफ्ट सबैभन्दा अघि देखिएकी हुन् । यसै वर्ष फोर्ब्सले उनलाई आधिकारिक रुपमा अर्बपति घोषणा गरेको थियो भने म्यागजिनका अनुसार स्वीफ्टको कुल सम्पत्ति १.१ बिलियन अमेरिकी डलर छ ।

सो सूचीको शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन छिन् भने दोस्रोमा युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड, तेस्रोमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चौथोमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी छन् । त्यस्तै, शक्तिशाली महिलाको सूचीमा गायिका बियोन्से ३६ औं स्थानमा छिन् । अघिल्लो वर्ष ८० औं स्थानमा रहेकी बियोन्से ४४ स्थान माथि उक्लिएकी हुन् भने गत फेब्रुअरीमा बियोन्से सर्वाधिक ग्रामी अवार्ड जित्ने गायिका घोषित भएकी थिइन् ।

गायिका रिहाना ७४ औं स्थानमा छिन् । रिहानाको कुल सम्पत्ति १.४ बिलियन डलर छ । गत जुनमा यी तीन जना अमेरिकी गायिकालाई फोर्ब्स अमेरिकाका धनी सेल्फमेडको सूचीमा राखेको थियो भने टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रे ३१ औं स्थानमा रहेकी छिन् ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?