Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

वीर अस्पतालमा ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु


काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा न्युरो सर्जरी विभाग अन्तर्गतको ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु भएको छ । सो अस्पतालका निमित्त निर्देशक डा. श्रवणकुमार थापाले बुधबारबाट वीरको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रमार्फत विशेषज्ञ क्लिनिक सेवा सुरु भएको बताएका छन् ।

त्यस्तै, राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि सुरु भएको छ भने उक्त सेवा पनि साताको दुई दिन आइतबार र बुधबार बिहान १० बजेदेखि १ बजेसम्म दिइने उनले बताए । ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा हप्ताको दुई दिन आइतबार र बुधबार सञ्चालन हुनेछ । उक्त सेवा विहान १० बजेदेखि १ बजेसम्म बहिरंग विभागमा सञ्चालन हुनेछ ।

यी सेवाबाट टाउकोको ट्युमर र मेरुदण्ड दुखाइलगायतका रोगबाट पीडित बिरामीले राहत पाउने अपेक्षा अस्पतालको छ भने अझै उत्कृष्ट सेवा प्रदान गर्दै भविष्यमा यस्ता रोगको निदान तथा उपचारलाई अझ अत्याधुनिक र प्रभावकारी बनाउँदै लैजाने डा. थापाले बताएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?