Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

यू–१९ टोलीले दुई दिनमै पुरस्कार रकम पाउँछ : खेलकुदमन्त्री लिम्बु


काठमाडौं। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् । त्यस्तै, यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले खेलकुदमन्त्रीलाई पनि बोलाएको थियो भने उक्त कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले पूर्व घोषित पुरस्कार आए खेलाडीहरुलाई उर्जा मिल्ने बताएका थिए ।

त्यसैगरी, खेलाडीहरुलाई शुभकामना दिने क्रममा मन्त्री लिम्बुले पुरस्कार रकम दुई दिनमै खेलाडीहरुको बै‌क खातामा पठाइने बताएका छन् । उनका अनुसार यसै कार्यक्रममा नै हस्तान्तरण गर्न सकिन्छ कि भनेर प्रयास भएको थियो,तर विभिन्न कारणले सम्भव नभएको भन्दै मन्त्री लिम्बुले भने, ‘अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । २ दिनभित्र खेलाडीहरुको खातामा पैसा आउँछ । उच्च मनोबलका साथ जानुस् ।’

सो यू–१९ विश्वकपमा छनोट भएपछि सरकारले टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?