Trending
>>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

आज शेयर बजार घट्यो


काठमाडौं। शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १०.१० अङ्कले घटेर १ हजार ८ सय ३७.७१ विन्दुमा झरेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, निर्जीवन बीमा, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै विशाल बजार कम्पनीको शेयर साढे ९ प्रतिशतले घटेको छ भने समग्रमा बजार घटेको दिन सिङ्गटी हाइड्रो इनर्जीको शेयर १० प्रतिशतले बढेको छ ।

त्यसैगरी आज बजार घटे पनि कारोबार रकम बढेको छ । हिजो सोमवार १ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ४६ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ भने सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालको ३६ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?