Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

नवराज विक हत्यासम्बन्धी मुद्दाको बहस सकियो, साँझसम्म फैसला आउने


काठमाडौं। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको बहस सकिएको छ । तीन वर्षअघि अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर भएको हत्याकाण्डको कर्तव्य ज्यान र जातीय छुवाछूतसम्बन्धी मुद्दामाथि रुकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि सुरु भएको निरन्तर सुनुवाइमा वादी र प्रतिवादी पक्षका वकिलको बहस मङ्गलवार सकिएको हो ।

मङ्गलवार दिउँसोसम्ममा २/२ जना जिल्ला सरकारी वकिल र उच्च सरकारी वकिलसहित २४ जनाले बहस गरेका छन् भने वादी र प्रतिवादी दुवै पक्षका वकिलको बहस सकिएको हो । नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलिरहेको छ भने उनीहरूमध्ये ११ जना तारेखमा छुटिसकेका छन् । २३ जना पुर्पक्षका लागि जेलमा नै छन् ।

त्यसैगरी २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरूमाथि स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो भने अरू १२ जना घाइते भएका थिए ।

उक्त घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको हत्या भएको थियो भने मृतकहरूको शव दुई हप्ता लगाएर भेरी नदी किनारबाट निकालिएको थियो ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?