Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नवराज विक हत्यासम्बन्धी मुद्दाको बहस सकियो, साँझसम्म फैसला आउने


काठमाडौं। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको बहस सकिएको छ । तीन वर्षअघि अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर भएको हत्याकाण्डको कर्तव्य ज्यान र जातीय छुवाछूतसम्बन्धी मुद्दामाथि रुकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि सुरु भएको निरन्तर सुनुवाइमा वादी र प्रतिवादी पक्षका वकिलको बहस मङ्गलवार सकिएको हो ।

मङ्गलवार दिउँसोसम्ममा २/२ जना जिल्ला सरकारी वकिल र उच्च सरकारी वकिलसहित २४ जनाले बहस गरेका छन् भने वादी र प्रतिवादी दुवै पक्षका वकिलको बहस सकिएको हो । नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलिरहेको छ भने उनीहरूमध्ये ११ जना तारेखमा छुटिसकेका छन् । २३ जना पुर्पक्षका लागि जेलमा नै छन् ।

त्यसैगरी २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरूमाथि स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो भने अरू १२ जना घाइते भएका थिए ।

उक्त घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको हत्या भएको थियो भने मृतकहरूको शव दुई हप्ता लगाएर भेरी नदी किनारबाट निकालिएको थियो ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?