Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

एनएसएलमा आज ललितपुर सिटी र वीरगन्ज युनाइटेड भिड्दै


काठमाडौं। काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा आज ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेड एफसीबीच प्रतिस्पर्धा हुँदै छ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

त्यस्तै, अंक तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर सिटी एफसी र अन्तिम नवौं स्थानमा रहेको नवप्रवेशी टोली वीरगन्ज युनाइटेड एफसीबीच मंगलबार हुने प्रतिस्पर्धामा जारी खेलमा अङ्कविहीन बनेको वीरगन्ज युनाइटेड आजको खेलबाट पहिलो जित निकाल्न चाहन्छ । यसअघि दुई खेल खेलेको युनाईटेडले दुवै खेलमा जित गुमाएको छ भने दुवै खेलमा राम्रो प्रदर्शन गरे पनि वीरगन्ज युनाइटेड धनगढी एफसी र एफसी चितवनसँग समान २–१ ले पराजित भएको थियो । युनाइटेडले आज तेस्रो खेल खेल्दै पहिलो जितको खोजीमा छ ।

यता ललितपुर एफसीले मंगलबार आफ्नो चौथो खेल खेल्दै छ भने ३ खेल खेलेको ललितपुर एक जित र दुई बराबरीबाट ५ अङ्कसहित अंक तालिकाको दोस्रो स्थानमा छ । ललितपुरलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका छ भने हाल ३ खेलबाट ७ अङ्कसहित धनगढी शीर्ष स्थानमा रहेको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?