Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

एनएसएलमा आज ललितपुर सिटी र वीरगन्ज युनाइटेड भिड्दै


काठमाडौं। काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा आज ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेड एफसीबीच प्रतिस्पर्धा हुँदै छ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

त्यस्तै, अंक तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर सिटी एफसी र अन्तिम नवौं स्थानमा रहेको नवप्रवेशी टोली वीरगन्ज युनाइटेड एफसीबीच मंगलबार हुने प्रतिस्पर्धामा जारी खेलमा अङ्कविहीन बनेको वीरगन्ज युनाइटेड आजको खेलबाट पहिलो जित निकाल्न चाहन्छ । यसअघि दुई खेल खेलेको युनाईटेडले दुवै खेलमा जित गुमाएको छ भने दुवै खेलमा राम्रो प्रदर्शन गरे पनि वीरगन्ज युनाइटेड धनगढी एफसी र एफसी चितवनसँग समान २–१ ले पराजित भएको थियो । युनाइटेडले आज तेस्रो खेल खेल्दै पहिलो जितको खोजीमा छ ।

यता ललितपुर एफसीले मंगलबार आफ्नो चौथो खेल खेल्दै छ भने ३ खेल खेलेको ललितपुर एक जित र दुई बराबरीबाट ५ अङ्कसहित अंक तालिकाको दोस्रो स्थानमा छ । ललितपुरलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका छ भने हाल ३ खेलबाट ७ अङ्कसहित धनगढी शीर्ष स्थानमा रहेको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?