Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्युरोको आग्रह


काठमाडौं। वैदेशिक रोजगारमा रहेका नेपालीहरू ठगिने क्रम बढेको भन्दै नेपाल प्रहरी साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ । विदेशबाट रकम पठाउने क्रममा नेपालीहरू ठगिएको भन्दै ब्युरोले सचेत गराएको हो ।

त्यस्तै, वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी “यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनु हुन !” भनी दिने गरेको पाइएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताएका छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झुटा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको ब्यूरोको भनाई रहेको छ ।

त्यस्तै, विदेशी रकम प्राप्त गरे पश्चात् अमुक व्यक्तिले ‘हुन्छ, म तपाईँले भनेको व्यक्तिको नेपाल स्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु!’ भन्ने गरेको खुल्न आएको । उक्त व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यमबाट प्राप्त गैरकानुनी रकम निजले भनेको व्यक्तिको नेपाल स्थित बैक खातामा जम्मा गराइदिने गरेको रायले बताए ।

यसरी विदेशमा दुःख–परिश्रम गरी कमाएको रकम फ्रड-स्क्याम रकम मा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनुपर्ने अवस्था सिर्जना हुने प्रहरीको भनाई छ । त्यसैले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्यूरोले अनुरोध समेत गरेको छ ।

 

403408826_7036395186403909_916490112443659650_n


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?