Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्युरोको आग्रह


काठमाडौं। वैदेशिक रोजगारमा रहेका नेपालीहरू ठगिने क्रम बढेको भन्दै नेपाल प्रहरी साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ । विदेशबाट रकम पठाउने क्रममा नेपालीहरू ठगिएको भन्दै ब्युरोले सचेत गराएको हो ।

त्यस्तै, वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी “यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनु हुन !” भनी दिने गरेको पाइएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताएका छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झुटा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको ब्यूरोको भनाई रहेको छ ।

त्यस्तै, विदेशी रकम प्राप्त गरे पश्चात् अमुक व्यक्तिले ‘हुन्छ, म तपाईँले भनेको व्यक्तिको नेपाल स्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु!’ भन्ने गरेको खुल्न आएको । उक्त व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यमबाट प्राप्त गैरकानुनी रकम निजले भनेको व्यक्तिको नेपाल स्थित बैक खातामा जम्मा गराइदिने गरेको रायले बताए ।

यसरी विदेशमा दुःख–परिश्रम गरी कमाएको रकम फ्रड-स्क्याम रकम मा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनुपर्ने अवस्था सिर्जना हुने प्रहरीको भनाई छ । त्यसैले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्यूरोले अनुरोध समेत गरेको छ ।

 

403408826_7036395186403909_916490112443659650_n


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?