Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

मिस अर्थको प्रारम्भिक प्रतिस्पर्धा सुरु, ‘लङ गाउन’ प्रतिस्पर्धामा यस्ती देखिइन् रेना


काठमाडौं। मिस अर्थको उपाधिका लागि नेपालसहित संसारका ८८ मुलुकका सुन्दरी भियतनामको होचिमिन्ह सहरमा भेला भएका छन् । वातावरण संरक्षणको आधारभूत थिम रहेको यो ब्युटी पेजेन्टको प्रारम्भिक प्रतिस्पर्धा आइतबारदेखि सुरु भएको छ ।

त्यहाँको साइगोन प्रदर्शनी केन्द्रको भव्य हलमा डिसेम्बर २२ मा फिनाले हुँदैछ । नेपालबाट मिस नेपाल अर्थ २०२२ रेना मजगैयाँले सहभागिता जनाएकी छन् भने यूएईको दुबईमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) को समयमा सुरु भएको मिस अर्थलाई अर्को भाषामा वातावरण सुन्दरी पनि भनिन्छ । त्यस्तै, फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियाले डिजाइन गरेको उक्त नीलो पहिरनले जीवनको अन्तिम गन्त्व्यमा पुग्न प्रेरणा दिन्छ ।

सो पहिरनमा रेना आकर्षक देखिएकी थिइन् । साइगोनको ओपेरा हाउसअघि आइतबार प्रतिस्पर्धी सुन्दरीले आफ्नो थिम्याटिक पहिरन प्रस्तुत गरे । लङ गाउन कम्पिटिसन नाम दिएको उक्त प्रतिस्पर्धामा रेनाले नीलो गाउन लगाएर प्रस्तुति दिएकी थिइन् । रेनाको उक्त भिडियो सामाजिक सञ्जालमा सेयर भएको छ, जहाँ मिस नेपाल वर्ल्ड-२०२३ सृच्छा प्रधानदेखि अभिनेत्री सुरक्षा पन्तसम्मले उक्त पहिरनको प्रशंसा गरेका छन्

त्यस्तै सुरक्षाले पनि कान्स फिल्म फेस्टिभलमा तेन्जिङकै डिजाइनमा रेडकार्पेट प्रिमियर नापेकी थिइन् । त्यस्तै, मिस अर्थमा रेनाले यसपटक नेपालको जलवायु संकटको मुद्दा प्रस्तुत गर्दैछिन् भने २३औं संस्करणको यो मिस अर्थको नारा ‘म रुखलाई प्रेम गर्छु’ रहेको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?