Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मिस अर्थको प्रारम्भिक प्रतिस्पर्धा सुरु, ‘लङ गाउन’ प्रतिस्पर्धामा यस्ती देखिइन् रेना


काठमाडौं। मिस अर्थको उपाधिका लागि नेपालसहित संसारका ८८ मुलुकका सुन्दरी भियतनामको होचिमिन्ह सहरमा भेला भएका छन् । वातावरण संरक्षणको आधारभूत थिम रहेको यो ब्युटी पेजेन्टको प्रारम्भिक प्रतिस्पर्धा आइतबारदेखि सुरु भएको छ ।

त्यहाँको साइगोन प्रदर्शनी केन्द्रको भव्य हलमा डिसेम्बर २२ मा फिनाले हुँदैछ । नेपालबाट मिस नेपाल अर्थ २०२२ रेना मजगैयाँले सहभागिता जनाएकी छन् भने यूएईको दुबईमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) को समयमा सुरु भएको मिस अर्थलाई अर्को भाषामा वातावरण सुन्दरी पनि भनिन्छ । त्यस्तै, फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियाले डिजाइन गरेको उक्त नीलो पहिरनले जीवनको अन्तिम गन्त्व्यमा पुग्न प्रेरणा दिन्छ ।

सो पहिरनमा रेना आकर्षक देखिएकी थिइन् । साइगोनको ओपेरा हाउसअघि आइतबार प्रतिस्पर्धी सुन्दरीले आफ्नो थिम्याटिक पहिरन प्रस्तुत गरे । लङ गाउन कम्पिटिसन नाम दिएको उक्त प्रतिस्पर्धामा रेनाले नीलो गाउन लगाएर प्रस्तुति दिएकी थिइन् । रेनाको उक्त भिडियो सामाजिक सञ्जालमा सेयर भएको छ, जहाँ मिस नेपाल वर्ल्ड-२०२३ सृच्छा प्रधानदेखि अभिनेत्री सुरक्षा पन्तसम्मले उक्त पहिरनको प्रशंसा गरेका छन्

त्यस्तै सुरक्षाले पनि कान्स फिल्म फेस्टिभलमा तेन्जिङकै डिजाइनमा रेडकार्पेट प्रिमियर नापेकी थिइन् । त्यस्तै, मिस अर्थमा रेनाले यसपटक नेपालको जलवायु संकटको मुद्दा प्रस्तुत गर्दैछिन् भने २३औं संस्करणको यो मिस अर्थको नारा ‘म रुखलाई प्रेम गर्छु’ रहेको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?