Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

प्रहरीको पोशाक प्रयोग गरेको प्रति माफी माग्दै गायक सुशान्तले हटाए युट्युबबाट भिडियो


काठमाडौं। गायक सुशान्त केसीले आफ्नो गीत ‘झ्याल बाट’ गीतको भिडियो युट्युबबाट हटाएका छन् । अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएको भन्दै उनले भिडियो हटाएका हुन् । उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोप्रति माफी मागेका छन् ।

उक्त गीतमा अभिनेत्री उपासनासिंह ठकुरी नेपाल प्रहरीको पोशाकमा देखिएकी छन् भने भिडियोमा हिरासतमा परेका सुशान्तले महिला प्रहरीको भूमिकामा रहेकी उपासनालाई जिस्काएको देखाइएको छ ।

उनले भनेका छन्, ‘हाम्रो भिडियोमा पुलिसको युनिफर्म प्रयोग भएको थियो । केही निश्चित दृश्यका लागि हामीले नेपाल पुलिसबाट अनुमति लिनुपर्ने भयो । त्यसैले अहिलेका लागि भिडियो हटाउनुपर्ने भयो । अब हामीले के गर्ने भनेर सोचिरहेका छौँ टिमसँग बसेर । सुट गरिरहेका छौं । थप जानकारी दिने नै छौं ।’

त्यस्तै, केही अगाडि गायक प्रकाश सपुतले सार्वजनिक गरेको म्युजिक भिडियोमा प्रहरीको पोशाक प्रयोग गरिएको एक दृश्य पनि विवादित भएको थियो भने उक्त दृश्यपछि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति पनि जारी गर्दै भिडियोमा नेपाल प्रहरी पोशाक प्रयोग गर्दा अनुमति अनिवार्य भनेको थियो ।

 


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?