Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

चिकित्सा शिक्षा आयोगको निर्देशक पदको लागि तय भएको अन्तर्वार्ता स्थगित


काठमाडौं। चिकित्सा शिक्षा आयोगको निर्देशक पदको लागि लिने भनिएकबो प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित गरिएको छ । सर्ट लिष्टमा परेका १२ जनाको आज लिने भनिएको प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित गरिएको हो । त्यस्तै, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव लक्ष्मीकुमार खड्काले प्राविधिक कारणले स्थगित गरिएको बताएका छन् भने आन्तरिक सल्लाह गर्नुपर्ने भएकाले समितिले थप समय मागेर स्थगित गरिएको उनको भनाई रहेको छ ।

उक्त नाम सिफारिस समितिले आज तीन चरणमा प्रस्तुतीकरण र अन्तर्वार्ता लिने गरी कार्यतालिका बनाएको थियो, तर अन्तिम समयमा आएर स्थगित गरिएको हो भने समितिले प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भन्दै सूचना जारी गरेको छ । त्यस्तै, निर्देशकका लागि सिफारिस समितिमा आवेदन दिएका २० जनामध्ये उच्च नम्बर प्राप्त गर्ने १२ जनाको सर्ट लिष्ट सार्वजनिक गरेको थियो भने उक्त सर्ट लिष्टमा परेका १२ जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जनाको नाम आयोगको निर्देशकका लागि सिफारिस गर्नेछ ।

‘चार जना निर्देशकका लागि छुट्टाछुट्टै विशेषता भएको चाहिन्छ । त्यसका लागि समितिलाई अध्ययन गर्ने समेत समय पाएनौं भनेपछि केही दिनलाई पछि सारेका हौं । यसमा अन्य कुनै कारण होइन,’ खड्काले भने । सो निर्देशनकका लागि नाम सिफारिस गर्न गठित समितिले सात दिने सूचना निकाल्दै आवेदन दिन आह्वान गरेको थियो भने उक्त समयभित्र २० जनाले आवेदन दिएका थिए ।

त्यस्तै, मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन निर्देशनालय र एक बोर्डको निर्देशन पदका लागि दरखास्त आह्वान गरिएको थियो । उक्त समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाल रहेका छन् भने सदस्यहरूमा प्रा.डा. रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेका छन् ।

 


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?