Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

चिकित्सा शिक्षा आयोगको निर्देशक पदको लागि तय भएको अन्तर्वार्ता स्थगित


काठमाडौं। चिकित्सा शिक्षा आयोगको निर्देशक पदको लागि लिने भनिएकबो प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित गरिएको छ । सर्ट लिष्टमा परेका १२ जनाको आज लिने भनिएको प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित गरिएको हो । त्यस्तै, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव लक्ष्मीकुमार खड्काले प्राविधिक कारणले स्थगित गरिएको बताएका छन् भने आन्तरिक सल्लाह गर्नुपर्ने भएकाले समितिले थप समय मागेर स्थगित गरिएको उनको भनाई रहेको छ ।

उक्त नाम सिफारिस समितिले आज तीन चरणमा प्रस्तुतीकरण र अन्तर्वार्ता लिने गरी कार्यतालिका बनाएको थियो, तर अन्तिम समयमा आएर स्थगित गरिएको हो भने समितिले प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भन्दै सूचना जारी गरेको छ । त्यस्तै, निर्देशकका लागि सिफारिस समितिमा आवेदन दिएका २० जनामध्ये उच्च नम्बर प्राप्त गर्ने १२ जनाको सर्ट लिष्ट सार्वजनिक गरेको थियो भने उक्त सर्ट लिष्टमा परेका १२ जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जनाको नाम आयोगको निर्देशकका लागि सिफारिस गर्नेछ ।

‘चार जना निर्देशकका लागि छुट्टाछुट्टै विशेषता भएको चाहिन्छ । त्यसका लागि समितिलाई अध्ययन गर्ने समेत समय पाएनौं भनेपछि केही दिनलाई पछि सारेका हौं । यसमा अन्य कुनै कारण होइन,’ खड्काले भने । सो निर्देशनकका लागि नाम सिफारिस गर्न गठित समितिले सात दिने सूचना निकाल्दै आवेदन दिन आह्वान गरेको थियो भने उक्त समयभित्र २० जनाले आवेदन दिएका थिए ।

त्यस्तै, मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन निर्देशनालय र एक बोर्डको निर्देशन पदका लागि दरखास्त आह्वान गरिएको थियो । उक्त समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाल रहेका छन् भने सदस्यहरूमा प्रा.डा. रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेका छन् ।

 


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?