Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

दाङबाट हराएका बालक ८ दिनपछि काठमाडौंमा भेटिए


काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् ।

उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला पारेको उनका बुवा जिवराज रेग्मीले जानकारी दिएका छन् । ‘आठ दिनपछि छोरो सकुशल फेला पर्दा भावकु भएँ, मेरो खुसीको आँसु झर्यो, छोरो पनि रोयो,’ जिवराजले भने । त्यसैगरी, बुवा जिवराजका अनुसार उनको छोरा आनन्द मंसिर १२ गते तुलसीपुरबाट काठमाडौं जाने नाइट बस चढेका थिए । भोलिपल्ट उनी बालाजु माछापोखरीमा ओर्लिएका थिए । त्यसपछि उनी नयाँबसपार्क क्षेत्रभित्रका खाली बसमा बस्ने र होटलमा गएर खाने गरेका थिए ।

खेल्न जान लागेको भन्दै घरबाट निस्किएका आनन्द मंसिर १४ गते राति अबेरसम्म नफर्किएपछि अभिभावकहरुले खोजी सुरु गरेका थिए । दाङबाट काठमाडौं जाने गाडीमा चढेको प्रारम्भिक जानकारी पाएपछि उनका बुवा रेग्मी छोरो खोज्न भन्दै काठमाडौं आएका थिए भने प्रहरीले पनि खोजी जारी राखेको भएपनि जिवराज आफैंले छोरालाई फेला पारेका थिए ।

घुम्न भनेर दाङबाट काठमाडौं आएका उनले आठ दिनको अवधिमा धेरैजसो बसमै यात्रा गरेर बिताएको पाइएको छ । उनका बाबु जिवराजले भने, ‘घरबाट काठमाडौं आएपछि फेरि काठमाडौंबाट बस चढेर नेपालगञ्ज, सुर्खेत पुगेर काठमाडौं नै फर्किएछ । नेपालगञ्जमा साइकल किनेर, काठमाडौं ल्याएर स्वयम्भुसम्म घुम्न पनि गएछ ।’


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?