Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

दाङबाट हराएका बालक ८ दिनपछि काठमाडौंमा भेटिए


काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् ।

उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला पारेको उनका बुवा जिवराज रेग्मीले जानकारी दिएका छन् । ‘आठ दिनपछि छोरो सकुशल फेला पर्दा भावकु भएँ, मेरो खुसीको आँसु झर्यो, छोरो पनि रोयो,’ जिवराजले भने । त्यसैगरी, बुवा जिवराजका अनुसार उनको छोरा आनन्द मंसिर १२ गते तुलसीपुरबाट काठमाडौं जाने नाइट बस चढेका थिए । भोलिपल्ट उनी बालाजु माछापोखरीमा ओर्लिएका थिए । त्यसपछि उनी नयाँबसपार्क क्षेत्रभित्रका खाली बसमा बस्ने र होटलमा गएर खाने गरेका थिए ।

खेल्न जान लागेको भन्दै घरबाट निस्किएका आनन्द मंसिर १४ गते राति अबेरसम्म नफर्किएपछि अभिभावकहरुले खोजी सुरु गरेका थिए । दाङबाट काठमाडौं जाने गाडीमा चढेको प्रारम्भिक जानकारी पाएपछि उनका बुवा रेग्मी छोरो खोज्न भन्दै काठमाडौं आएका थिए भने प्रहरीले पनि खोजी जारी राखेको भएपनि जिवराज आफैंले छोरालाई फेला पारेका थिए ।

घुम्न भनेर दाङबाट काठमाडौं आएका उनले आठ दिनको अवधिमा धेरैजसो बसमै यात्रा गरेर बिताएको पाइएको छ । उनका बाबु जिवराजले भने, ‘घरबाट काठमाडौं आएपछि फेरि काठमाडौंबाट बस चढेर नेपालगञ्ज, सुर्खेत पुगेर काठमाडौं नै फर्किएछ । नेपालगञ्जमा साइकल किनेर, काठमाडौं ल्याएर स्वयम्भुसम्म घुम्न पनि गएछ ।’


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?