Trending
>>   सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल >>   महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं– कप्तान मानमति बिष्ट >>   वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन >>   सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता >>   सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल >>   एमालेसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल >>   भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा >>   यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद गौतम >>   सांसद सुवेदीको संशोधन प्रश्तावः सबै विमानस्थल र ग्राउण्ड ह्यान्डलिङ सेवा प्राधिकरणकै व्यवस्थापनमा राखौँ >>   हवाई सेवा प्राधिकरण विधेयकमा भाषा र प्राधिकरणको संरचना स्पष्ट हुनुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबा स्थगित


काठमाडौं। तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ ।

नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकाले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप २०८० साल मङ्सिर १८ को निर्णायअनुसार त्यस कम्पनीको धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई पठाएको पत्रमा भनिएको छ ।

उक्त पत्र प्राप्त भएको मितिले तीन कार्यदिन भित्र के कति कारणबाट समयमै जानकारी दिन नसकेको हो सो सम्बन्धमा स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ । त्यस्तै, तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणासम्बन्धी निर्णय गरेको थियो । साथै सो निर्णय भने नेप्सेलाई आइतबार बेलुका ५ः१५ बजे मात्रै जानकारी गराएको नेप्सेको भनाइ रहेको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?