Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

खाद्य कम्पनीद्वारा हालसम्म चार हजार क्विन्टल धान खरिद


खजुरा,बाँके। नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ । मङ्सिर ६ गतेदेखि कम्पनीले धान खरिद गर्न सुरु गरेकामा दस दिनको अवधिमा किसानले उत्पादन गरेको चार हजार क्विन्टल धान खरिद गरिसकेको लिमिटेडका नेपालगञ्ज शखा प्रमुख रामशरण लामिछानेले बताएका छन् ।

उनका अनुसार हालसम्म छ सय ८० क्विन्टल मोटो धान र तीन हजार तीन सय २० क्विन्टल मध्यम धान गरेर चार हजार क्विन्टल धान खरिद गरिएको छ । दैनिक धान बिक्री गर्न आउने किसानको सङ्ख्या बढ्न थालेकाले दुई वटा तराजु लगाएर खरिद सुरु गरिएकामा अबदेखि तराजुको सङ्ख्या बढाएर चार वटा गरिने उनले बताए । त्यस्तै, एक जना किसानबाट ४० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद कार्य भइरहेको र अहिले दैनिक १५ देखि १८ जना किसानको धान खरिद गरिरहेको शाखा प्रमुख लामिछानेले बताएका छन् ।

उनले भने, “पालिकाको सिफारिस लिएर आउने कृषकलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउँछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर कृषकले दुःख पाउने अवस्था यो वर्ष हुने छैन ।” गैरकृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर आउन अनिवार्य गरिएको छ । यस वर्ष नेपालगञ्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएकामा ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गरिने भएको छ ।

त्यस्तै, सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ६२ कायम गरेकाले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरिरहेको छ भने कम्पनीको कारकाँदोस्थित गोदाम र कार्यालयको प्राङ्गणमा धान खरिद भइरहेको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?