Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

खाद्य कम्पनीद्वारा हालसम्म चार हजार क्विन्टल धान खरिद


खजुरा,बाँके। नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ । मङ्सिर ६ गतेदेखि कम्पनीले धान खरिद गर्न सुरु गरेकामा दस दिनको अवधिमा किसानले उत्पादन गरेको चार हजार क्विन्टल धान खरिद गरिसकेको लिमिटेडका नेपालगञ्ज शखा प्रमुख रामशरण लामिछानेले बताएका छन् ।

उनका अनुसार हालसम्म छ सय ८० क्विन्टल मोटो धान र तीन हजार तीन सय २० क्विन्टल मध्यम धान गरेर चार हजार क्विन्टल धान खरिद गरिएको छ । दैनिक धान बिक्री गर्न आउने किसानको सङ्ख्या बढ्न थालेकाले दुई वटा तराजु लगाएर खरिद सुरु गरिएकामा अबदेखि तराजुको सङ्ख्या बढाएर चार वटा गरिने उनले बताए । त्यस्तै, एक जना किसानबाट ४० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद कार्य भइरहेको र अहिले दैनिक १५ देखि १८ जना किसानको धान खरिद गरिरहेको शाखा प्रमुख लामिछानेले बताएका छन् ।

उनले भने, “पालिकाको सिफारिस लिएर आउने कृषकलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउँछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर कृषकले दुःख पाउने अवस्था यो वर्ष हुने छैन ।” गैरकृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर आउन अनिवार्य गरिएको छ । यस वर्ष नेपालगञ्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएकामा ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गरिने भएको छ ।

त्यस्तै, सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ६२ कायम गरेकाले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरिरहेको छ भने कम्पनीको कारकाँदोस्थित गोदाम र कार्यालयको प्राङ्गणमा धान खरिद भइरहेको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?