Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

पर्सा निकुञ्जभित्र पोखरी निर्माण


पर्सा राष्ट्रिय निकुञ्जभित्र पानीको सहज रुपलब्ध भएसँगै पाटे बाघसहितका वनजन्तुको सङ्ख्या वृद्धि भएको छ । निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रुपमा कृत्रिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको हो । त्यसैगरी निकुञ्जभित्र १६३ गौरीगाईं, ४० देखि ५० वटा जङ्गली हात्ती र आठदेखि १० वटाको सङ्ख्यामा एकसङ्गे गैँडा रहे पनि तथ्याङ्कमा तीन गैँडा मात्रै उल्लेख भएको निकुञ्जका प्रमुख अशोककुमार रामले जानकारी दिनुभयो ।

निकुञ्जले निर्माण गरेको कृतिम पोखरीमा पानीको सहज उपलब्धताका कारण पछिल्लो समय वन्यजन्तुहरुको सङ्ख्या वृद्धि भएको उहाँले बताउनुभयो । करिब १६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाईं र गौरीगाईं जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीको वासस्थान छ । निकुञ्ज नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले विसं २०४० मा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको जङ्गल क्षेत्रलाई समेटेर बनाइएको हो । नेतृत्व चयन प्रक्रिया सुरु वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअनुसार कार्यसमितिका सदस्यको मनोनयन दर्ता गरिएको छ । मनोनयन दर्ता गराएकामध्ये वस्तुगत सङ्घतर्फबाट सदस्यमा हरि पन्त निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत बालसुन्दर खरेलले जानकारी दिनुभयो । वस्तुगत सङ्घतर्फका सदस्यमा पन्तको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत खरेलले बताउनुभयो । उद्योगतर्फ १३, वाणिज्यतर्फबाट १६, एशोसियट तर्फबाट छ र वस्तुगत तर्फबाट एक गरी सङ्घमा ३५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

उद्योगतर्फ १८, वाणिज्यतर्फ २५, एशोसियटतर्फ आठ र वस्तुगततर्फ एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत खरेलले जानकारी दिनुभयो । फागुन २४ गते मनोनयन फिर्ता दिने समय तोकिएको छ भने ३० गते कार्य समिति सदस्यका लागि निर्वाचन गर्ने तालिका छ । कार्य समिति सदस्य चयन भए लगत्तै पदाधिकारी निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरिने निर्वाचन अधिकृत खरेलले बताउनुभयो । कार्य समिति सदस्य मध्येबाटै ११ पदाधिकारी चयन गर्ने व्यवस्था सङ्घको छ ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?