Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

साइकल स्टोरमा आगलागी हुँदा करिब ६० लाखको क्षति


काठमाडौं। पूर्व-पश्चिम लोकमार्गसँगै रहेको सिराहाको लहान नगरपालिका-३ स्थित एक साइकल स्टोरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार स्थानीय सुनीलकुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा आइतबार दिउँसो भीषण आगलागी भएको हो । उक्त आगलागीमा बिक्रीका लागि राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर, ट्युब, पार्टपुर्जालगायत जल्दा करिब ६० लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरी, स्थानीय बासिन्दा, लहान नगरपालिका तथा गोलबजार नगरपालिकाको बारुणयन्त्र र स्थानीयको प्रयासमा आगो सवा एक घण्टापछि करिब २ बजेतिर पूर्ण रूपमा निभाइएको छ भने प्रहरीका अनुसार आगलागीको कारण नखुलेको र प्रहरीले क्षतिको यकिन विवरण सङ्कलनसहित घटनाको अनुसन्धान गरिरहेको छ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?