Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

‘कबड्डी २’ का मैयाँ र काजीले आठ वर्षपछि ‘रिमै’मा जोडी बाँध्दै


काठमाडौं। आठ वर्षपछि दयाहाङ राई र रिश्मा गुरुङलाई दर्शकले पुनः पर्दामा जोडीको रुपमा देख्न पाउने भएका छन् । यी दुईले आगामी एक सोसल–रोमान्टिक फिल्म ‘रिमै’मा स्क्रिन–सेयर गर्ने पक्का भएको छ । उनीहरुले पछिल्लोपटक २०७२ सालमा रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी’मा सहकार्य गरेका थिए । सो ‘कबड्डी’मा रिश्माको मैयाँ चरित्र चर्चित समेत भएका थिए ।

उक्त फिल्ममा दयाहाङ र रिश्मासहित वीरबल घले शीर्ष भूमिकामा रहने उल्लेख गरिएको छ । चैतदेखि फिल्मको छायांकन उत्तरी गोरखामा गर्ने तयारी छ भने सो फिल्मबारे कुरा गर्दै निर्देशक गुरुङले गुरुङ समुदायको सामाजिक कथावस्तुमा फिल्म बनाउन लागेको बताएका छन् । त्यस्तै, ‘मन्त्र’ फेम्ड खिलबहादुर गुरुङले निर्देशन गर्ने यो फिल्मलाई गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरमा बनाउन लागिएको निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ भने ब्लकबस्टर ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको यसमा पटकथा छ ।

‘यसमा गुरुङ समुदायको यथार्थपरक कथावस्तु हुनेछ । कमेडी र प्रेमकथा पनि यसमा हुनेछ,’ गुरुङले भने । खिलले अघिल्लो फिल्म ‘मन्त्र’लाई पनि गोरखामा छायांकन गरेका थिए ।

उक्त फिल्मको कार्यकारी निर्मातामा वीरबल घलेसहित टीका गुरुङ, प्रकाश गुरुङ, जित यात्री गुरुङ र सचिकुमारी घले छन् भने दुनबहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सहनिर्माता छन् ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?