Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

अल्लु अर्जुनको स्वास्थ्यमा समस्या देखिएपछि रोकियो ‘पुष्पा २’ को छायांकन


काठमाडौं। अल्लु अर्जुन अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ यतिबेला छायांकनमा छ । सुटिङमा छँदै यसले विश्वव्यापी चासो पाइरहेको छ भने हिन्दीमा पनि व्यावसायिक सफलता र अल्लुले भारतको राष्ट्रिय अवार्ड जितेपछि यो फिल्मको हाइप बनेको हो ।

यो दृश्यमा अर्जुनले महिलाको गेटअप भरमार एक्सन दृश्यको छायांकन गर्नुपर्ने थियो भने लगत्तै एक गीतको सुटिङ गर्नुपर्दा अल्लुको ढाडमा असह्य पीडा भयो । उक्त गीतमा नृत्य गर्दा अल्लुले छायांकनलाई निरन्तरता दिन सकेनन् । त्यसपछि निर्देशक सुकुमारले अभिनेताको स्वास्थ्यको ख्याल राख्दै छायांकन ‘पोस्टपोन्ड’ गरिदिएका छन् । त्यसैगरी, दर्शकले सुकुमार निर्देशित ‘पुष्पा: द रुल’को श्रृंखला पर्खिरहेका छन् । यतिबेला भने यो फिल्मको छायांकन रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भयो के भने फिल्मको महत्वपूर्ण प्लट जाथराको छायांकन गर्दा अभिनेता अल्लु अर्जुनको स्वास्थ्यमा असहजता पैदा भयो ।

‘पुष्पा २’ को केही समयअघि रिलिज भएको पोस्टरमा अल्लु पुष्पराजको चरित्रमा देखिएका छन् । उक्त पोस्टरमा अल्लु जाथरा गेटअपमा देखिएका छन् भने सो गेटअपमा उनी सारी र सुनको गहनामा देखिन्छन् भने उनको अनुहार नीलो, रातो र हरियो रङले पोतिएको छ । त्यसैगरी, हैदराबादको रामोजी फिल्म स्टुडियोमा भइरहेको छायांकनमा अल्लुले जाथरा पहिरनमा डान्स र एक्सन दृश्य खिचिरहेका थिए । सबै कुरा ठीक भए बाँकी छायांकन डिसेम्बर दोस्रो सातादेखि पुनः सुरु हुनेछ ।

यो फिल्ममा अल्लु अर्जुन पुष्पराज, रश्मिका मन्दाना उनकी पत्नी श्रीभली र फहाद फसिल भान्वर सिंह शेखावतको भूमिकामा छन् । पुष्पाको अघिल्लो भागलाई नेपालमा समेत रुचाइएको थियो भने सो फिल्मले नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्‍यो ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?