Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

अल्लु अर्जुनको स्वास्थ्यमा समस्या देखिएपछि रोकियो ‘पुष्पा २’ को छायांकन


काठमाडौं। अल्लु अर्जुन अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ यतिबेला छायांकनमा छ । सुटिङमा छँदै यसले विश्वव्यापी चासो पाइरहेको छ भने हिन्दीमा पनि व्यावसायिक सफलता र अल्लुले भारतको राष्ट्रिय अवार्ड जितेपछि यो फिल्मको हाइप बनेको हो ।

यो दृश्यमा अर्जुनले महिलाको गेटअप भरमार एक्सन दृश्यको छायांकन गर्नुपर्ने थियो भने लगत्तै एक गीतको सुटिङ गर्नुपर्दा अल्लुको ढाडमा असह्य पीडा भयो । उक्त गीतमा नृत्य गर्दा अल्लुले छायांकनलाई निरन्तरता दिन सकेनन् । त्यसपछि निर्देशक सुकुमारले अभिनेताको स्वास्थ्यको ख्याल राख्दै छायांकन ‘पोस्टपोन्ड’ गरिदिएका छन् । त्यसैगरी, दर्शकले सुकुमार निर्देशित ‘पुष्पा: द रुल’को श्रृंखला पर्खिरहेका छन् । यतिबेला भने यो फिल्मको छायांकन रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भयो के भने फिल्मको महत्वपूर्ण प्लट जाथराको छायांकन गर्दा अभिनेता अल्लु अर्जुनको स्वास्थ्यमा असहजता पैदा भयो ।

‘पुष्पा २’ को केही समयअघि रिलिज भएको पोस्टरमा अल्लु पुष्पराजको चरित्रमा देखिएका छन् । उक्त पोस्टरमा अल्लु जाथरा गेटअपमा देखिएका छन् भने सो गेटअपमा उनी सारी र सुनको गहनामा देखिन्छन् भने उनको अनुहार नीलो, रातो र हरियो रङले पोतिएको छ । त्यसैगरी, हैदराबादको रामोजी फिल्म स्टुडियोमा भइरहेको छायांकनमा अल्लुले जाथरा पहिरनमा डान्स र एक्सन दृश्य खिचिरहेका थिए । सबै कुरा ठीक भए बाँकी छायांकन डिसेम्बर दोस्रो सातादेखि पुनः सुरु हुनेछ ।

यो फिल्ममा अल्लु अर्जुन पुष्पराज, रश्मिका मन्दाना उनकी पत्नी श्रीभली र फहाद फसिल भान्वर सिंह शेखावतको भूमिकामा छन् । पुष्पाको अघिल्लो भागलाई नेपालमा समेत रुचाइएको थियो भने सो फिल्मले नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्‍यो ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?