Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

नवराज विकसहित ६ जनाको हत्याको मुद्दामा निरन्तर सुनुवाइ आजदेखि


काठमाडौं। रुकुममा भएको नवराजविक सहित ६ जनाको हत्याको घटनाको सुनुवाइ आजदेखि हुने भएको छ ।

त्यस्तै, रुकुम पश्चिम जिल्ला अदालतमा अन्तर्रजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्या घटनाको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो । उक्त सुनुवाइ जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा हुन लागेको हो ।

सो सुनुवाइको लागि आज पहिलो दिन सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । उक्त घटनामा मारिएका नवराज विकसहित ६ जना पीडितको परिवारका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रुकुम पश्चिम पुगेका छन् ।

त्यसैगरी, ७७ साल जेठ १ जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए । दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराजसहित उनका साथीलाई लेखेटेर मारेका थिए ।

उक्त घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए भने मृतकहरुको शव भेरी नदीमा भेटिएको थियो ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?