Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

एनएसएलमा आज स्पोर्टिङ इलाम र बुटवल लुम्बिनी भिड्दै


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबिच खेल हुँदै छ । उक्त खेल साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा छ ।

बुटवल लुम्बिनी पहिलो खेलमा ललितपुर सिटी एसीसँग २-० ले तथा दोस्रो खेलमा धनगढी एसीसँग १-० ले पराजित भएको थियो । स्पोर्टिङ इलामको मार्की र कप्तानमा विकेश कुथु छन् भने एरिक विष्टले बुटवलको कप्तानी गर्नेछन् ।

यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले झापा एफसीलाई हराएर पहिलो जित निकालेको थियो । दुई खेलबाट ३ अङ्कसहित इलाम छैटौँ स्थानमा छ भने लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।

 


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?