Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

एनएसएलमा आज स्पोर्टिङ इलाम र बुटवल लुम्बिनी भिड्दै


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबिच खेल हुँदै छ । उक्त खेल साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा छ ।

बुटवल लुम्बिनी पहिलो खेलमा ललितपुर सिटी एसीसँग २-० ले तथा दोस्रो खेलमा धनगढी एसीसँग १-० ले पराजित भएको थियो । स्पोर्टिङ इलामको मार्की र कप्तानमा विकेश कुथु छन् भने एरिक विष्टले बुटवलको कप्तानी गर्नेछन् ।

यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले झापा एफसीलाई हराएर पहिलो जित निकालेको थियो । दुई खेलबाट ३ अङ्कसहित इलाम छैटौँ स्थानमा छ भने लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।

 


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?